मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको आमाछोदिङमो गाउँपालिकाले पायो अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स


  • माउन्टेन खबर
  • बुधबार, साउन ११, २०७९
  • 474
    SHARES

काठमाण्डौ, ११ साउन

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाले एक अत्याधुनिक सुविधा सम्पन्न ख वर्गमा वार्गिकारण भएको एम्बुलेन्स प्राप्त गरेको छ।

बुधावार काठमाण्डौमा एक कार्यक्रमका विच काठमाडौं स्थित जर्मनी दूतावास र नेपाल विद्युत प्राधिकरणको सहयोगमा आमाछोदिङमो गाउँपालिकालाई अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

आपतकालीन अवस्थामा विरामीलाई चाहिने सवै उपचार उपकारण जडान भएको सो एम्बुलेन्सको मूल्य डेढ करोड रुपैयाँ बराबरको पर्ने आमाछोदिङमो गाँउपालिका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।

नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच स्थापना गर्न स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने अभियानको सुरुवात स्वरुप  गाउँपालिकाले सेवा सञ्चालन निर्देशिका बनाई छिट्टै जनताको सेवामा ल्याउने पालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिनुभयो।

पालिकाले यहि महिनादेखि अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । एम्बुलेन्समा सम्पूर्ण उपचार गर्ने प्रविधि रहनुका साथै नर्स लगायतका स्वास्थ्यकर्मी उपलब्ध हुनेछन् । यस किसिमको एम्बुलेन्स सञ्चालनमा आउँदा विरामीको मृत्युदर घट्ने पालिकाको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)