बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा


  • माउन्टेन खबर
  • बिहिबार, साउन १२, २०७९
  • 483
    SHARES

१२ साउन, काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन् । वडा नं ९ मा बग्ने चुके र भक्ताखोला तथा वडा नं ८ मा बग्ने रिम्नाखोलाका कारण करिब आधा दर्जन गाउँका बस्ती र खेतीयोग्य जमिन कटान तथा डुबान हुँदै आएको छ ।

वर्षा हुनासाथ राप्तीसोनारी–९ मा चुकेनाला र भक्तानालामा पानीको बहाव बढेपछि कटान र डुबान हुने गरेको वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिनुभयो । उहाँका अनुसार राप्तीसोनारी–९ को खैरी, बुचापुर र उद्दैन क्षेत्रमा चुकेनाला तथा गुरुवागाउँ, ढकेरी क्षेत्रमा भक्तानालाले खेतीयोग्य जमिन कटान तथा डुबान गर्दै आएको छ । बाढीले कटान र डुबान गरेका कारण यी गाउँमा बर्सेनि खेतीयोग्य जमिन बगरमा परिणत हुने गरेको छ ।

खोलामा डाइभर्सन र तटबन्ध हुन नसक्दा सयौँ बिघा खेतीयोग्य जमिन कटान हुन पुगेको छ । वडा तथा गाउँपालिकास्तरको बजेटबाट डुबान तथा कटान रोकथामको प्रयास हुन नसक्ने भएकाले प्रदेश र सङ्घीय सरकारसँग खोला डाइभर्सन र तटबन्धका लागि बजेट माग गरिएको वडाध्यक्ष थारूले बताउनुभयो ।

प्रदेश सरकारबाट रु २५ लाख बजेट विनियोजन भए पनि खोलाको कटान रोकथामका लागि उक्त बजेट अपर्याप्त हुने भएकाले थप बजेट विनियोजनका लागि आवश्यक पहल गरिएको उहाँको भनाइ
छ । राप्तीसोनारीकै वडा नं ८ मा पर्ने नयाँगाउँ क्षेत्र रिम्नाखोलाको बाढीका कारण कटान र डुबानमा पर्दै आएको छ । रिम्नाखोलाका कारण नयागाउँका ४२ घरपरिवारको करिब ७० बिघा खेतीयोग्य जमिन कटान भएको स्थानीय अगुवा यमराज थारूले जानकारी दिनुभयो ।

वडा नं ८ मा पर्ने झिझरी र परुवाखोलाले पनि खेतीयोग्य जमिन कटान तथा डुबान गर्दै आएका छन् । जनताको खेतीयोग्य जमिन कटान रोकथाम तथा बस्ती डुबानबाट जोगाउन आवश्यक पहल गरिए पनि बजेट अभावले बर्सेनि समस्या बल्झिँदै आएको राप्तीसोनारी–८ का वडाध्यक्ष शालिकराम डाँगीले बताउनुभयो । उहाँले बस्तीमा डुबान र खेतीयोग्य जमिनको कटान रोकथामका लागि सिक्टा सिँचाइ आयोजना र सडक डिभिजनसँग समन्वय गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)