बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश गौरव आयोजना अलपत्र


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १७, २०७९
  • 251
    SHARES

लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ ।

पाँच वर्ष बितिसक्दा समेत लुम्बिेनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो । दुई वर्षमा सक्नेगरीे सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरु समस्यामा परेका छन् । सडक खनेका कारण कतिपय जमिन भासिएको र पहिरो जाने गरेको स्थानीयहरुको गुनासो छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययन बिना सडक खन्दा,चुरेमा सडक बनाउने तरिका नमिल्दा र टुक्रे बजेट विनियोजन हुँदा लुम्बिेनी प्रदेश सरकारले सडक निर्माणको कामलाई गति दिन नसकेको स्थानीहरुको भनाइ छ । लुम्ेिबेनी प्रदेश सरकारको गौरव आयोजना अन्तर्गत रहेको यो सडकका लागि तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापनाको पहिलो वर्षबाट नै बजेट विनियोजन गर्नुभएको भएपनि अहिले सो सडक अलपत्र बनेको छ । काम मन्द गतिमा चल्दा मृत्यु मार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रले नागरिकलाई पिरोल्ने गरेको स्थानीय राजकुमारी वि.क.ले बताउनु भयो । उहाँले वर्षेनी ढुङ्गगा सहितको पहिरोले जनधनको क्षति व्योहोर्न बाध्य यात्रुलाई वैकल्पिक सडक सञ्चालन हुने भन्दा खुशी लागेको भएपनि ५ वर्षको अवधिसम्म पनि सडक निर्माण पूरा नहुँदा दुःख लागेको बताउनु भयो । उहाँले सडक निर्माण पूरा गर्न नसक्दा कतिपय सवारी चालक र स्थानीयको ज्यान गएको बताउनु भयो । अर्का स्थानीय गोविन्द वि.क.ले बाटो बनाउन थालेको ५ वर्ष पूरा भएपनि काम नसकिएको बताउनु भयो । उहाँले विभिन्न खोलाहरुमा मोटरेबल पुल बनिसकेको र पहाडको ठाउँ भएकोले माटो बगिरहेको बताउनु भयो । त्यस्तै अर्का स्थानीय बाटोको सुधार भइरहेपनि लामो समयसम्म निर्माण पूरा नहुँदा स्थानीयले दुःख पाएको बताउनु भयो । उहाँले काममा सुधार देखिएपनि कहिलेसम्म निर्माण पूरा हुन्छ भन्ने कुराको स्पष्टता नरहेको उल्लेख गर्नुभयो । उहाँले सडक खनेका कारण पहिरो जाने र जमिन भासिने गरेको बताउनु भयो ।

सडक पुर्वाधार कार्यलय पाल्पाकाअनुसार सडक निर्माणको क्रममा कमजोर भूभागको आँकलन नगरिदा वर्षेनी पहिरोको समस्या थपिँदै गएको छ । सडक पुर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले चुरे क्षेत्र भएका कारण पहिरोको समस्या बढ्दै गइरहेकोले काम समयमै सकिन समस्या भइरहेको बताउनु भयो । उहाँले सडक निर्माणमा पहिरो बाधक भएकोले पहिरोको समाधान अहिलेसम्म नपाइएको बताउनु भयो ।

भुगोलको विषयमा सम्भाव्यता अध्यनबिना चुरे पहाडमा निर्माण थालिनु, मेसिनको प्रयोग हुनु, जस्ता कारणले सरकारको लगानीले सार्थकता पाउनसक्ने अवस्था कम रहेको स्थानीयहरुको गुनासो छ । चुरे आफैँमा कमजोर पहाड भएकोले कमजोर पहाडमा ठूला मेसिनको प्रयोग गरी सडक निर्माण भएपछि यस क्षेत्रको वन जंगल मात्र नभई मानवीय बस्तीसम्म पहिरोको उच्च जोखिममा परेको छ । यस खण्डको झन्डै दश किलोमिटर कमजोर भूभागका कारण पहिरोको उच्च जोखिम छ । जोखिमयुक्त सडकको वैकल्पिक सडक भनिएपनी पर्याप्त अध्ययन बिना नै सडक निर्माण थालिँदा अहिलेको अवस्था सिर्जन भएको स्थानीयहरु बताउँछन् । जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न ३० करोड बढी रकम खर्चिएको छ । वि.स.२०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपैयाँ छुट्टयाएको थियो । त्यस्तै पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपैयाँसम्म विनियोजन गरेको थियो । जिल्ला समन्वय समिति पाल्पाले ट्रयाक खोल्ने बेलामा नै एक करोड छुट्टयाएको थियो । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा यो सडकका लागि पुनः ७ करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }