२३ साउन, डाँडागाउँ
रसुवा जिल्लामा धेरै मनोरम झरनाहरु छन् । केही यस्ता झरना छन् जुन वर्षायाममा मात्र आउने गर्दछ र झरना हेर्न आन्तरिक तथा वाह्य पर्यटकको घुईचो नै देखिन्छ । जुन वर्षायममा मात्र आउने उत्तरगया गाउँपालिका वडा नम्बर २, भाङ्गे झरनामा पर्यटकको घुईचो बढ्न थालेको छन् ।
यो भाङ्गे झरनालाई अहिले धेरै जनाले बहुबली झरना पनि भन्ने गरिएको छ । झरनाको सुन्दर दृष्य अवलोकन गर्न, गर्मी छल्न रसुवा जिल्ला लगायत छिमेकी जिल्ला नुवाकोट, काठमाण्डौबाट समेत दैनिक एक देखि दुई हजार पर्यटक आउने गरेको स्थानीयले बताएका छन् ।
शनिबार र बिदाको दिन प्राय ः एक देखि दुइ हजार बढी पर्यटकको आवगमन हुने गरेको स्थानीयको दाबी छ । त्यस्तै, अन्य दिन ४ देखि ५ सय बढी पर्यटकको आवगमन हुने गरेको छ । आन्तरिक पर्यटकहरु सुन्दर दृष्य अवलोकन गर्न, गर्मी छल्न चिसोपनको आनन्द लिई टिकटक, फोटो, भिडियो लिन व्यस्त हुन्छन् ।
अगामी आर्थिक वर्षमा झरनाको पानी खास्ने स्थान सम्मा नै पर्यटकलाई पुग्ने गरि ¥यालिङ, बाटो निर्माण, फोहोर व्यवस्थापनमा गरि आन्तरिक पर्यटक बढाउने गरि योजना बनाई सकेको उत्तरगया गाँउपालिकाले जानकारी दिएको छ ।
नेपाल चिनको अन्तराष्ट्रिय सडक बेत्रावती–मैलुङ–स्याफ्रुबेशीमा पर्ने भाङ्गे झरना सडकको मैलुङ नजिक पर्दछ ।
