२५ साउन, काठमाडौं । नेपाली कांग्रेस रसुवा-काठमाडौं सम्पर्क समितिको पाचौं अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। नेपाली कांग्रेसको केन्द्रिय सदस्य ई.मोहन आचार्यको प्रमुख अतिथ्यमा अधिवेशनको समुदघाटन भएको हो।
कार्यक्रममा रसुवा जिल्लाको काठमाडौं कार्यक्षेत्र बनाई बसोबास गर्ने पार्टीप्रति आस्थावान नेता तथा कार्यकर्ताहरुको उपस्थिति भएको थियो। बन्दसत्र बाट अध्यक्षमा श्री विप्लव खड्का,उपाध्यक्षमा श्री बलराम मोक्तान,महिला उपाध्यक्षमा श्री देउती पौडेल सहित प्रथम सचिवमा श्री छिरिङ धिण्डुप लामा र द्दितिय सचिवमा दिनेश तामाङ सर्वसम्मत चयन भएको हो।


