मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा काँग्रेस प्रवेशको लहर ( फोटो फिचर)

काँग्रेस केन्द्रिय सदस्य आचार्यले भित्र्याए एमाले रसुवा जिल्ला सदस्यसहितका १९ नेता


  • आशिष लामा
  • आइतवार, साउन २९, २०७९
  • 806
    SHARES

रसुवा , २९ साउन

रसुवामा संघ र प्रदेशको निर्वाचन मिति घोषणासँगै पार्टीमा प्रवेश गर्नेको लहर बढ्न थालेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद इन्जिनियर मोहन आचार्यले विभिन्न दल त्यागेर कांग्रेसमा आउनेलाई स्वागत गर्नुभएको हो।

उहाँकाे प्रमुख आतिथ्यमा पार्टी सभापति पेम्बा छिरिङ तामाङ, बागमती प्रदेश सदस्य प्रभात तामाङ लगायत नेताहरुको उपस्थितिमा एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

एमाले जिल्ला कमिटी सदस्य सन्तबहादुर तामाङसहित माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । कालिका गाउँपालिका १ राम्चेका १४ एमालेका तथा माओवादीका ५ जना नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याउँदै आचार्यले भन्नुभयो, ‘समृद्ध रसुवा निर्माण र देश विकास कांग्रेसले मात्र गर्ने भएकाले सबै एकजुट भएर कांग्रेस जिताउने अभियानमा लागौं ।’

आचार्यले पार्टी सदस्यता वितरण गरी उनीहरुलाई पार्टीमा प्रवेश गराउनु भएको हो ।

यी हुन् पार्टी प्रवेश गर्ने १९ जना-

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)