बुधबार, बैशाख २६, २०८१

अर्को दुनिया (लघु कथा)


  • माउन्टेन खबर
  • शनिबार, भदौ ४, २०७९
  • 508
    SHARES

अर्को दुनिया 

अध्यारो अनुहार र मनभरी पीडा लुकाएर उसले भन्दै थिइ, “दाइ जाने हो” ? हेर्दा खाइलाग्दो तर जाइलाग्दो जस्ता देखिने सबै पुरूषलाई उसले पालोपालो सोध्छे । धेरैले बेवास्ता गर्छन । कोही कोहीले खासखास खुसखुस गर्छन अनि आफ्नो बाटो तताउछन् । बेलाबखतमा पुलमा झुल्कने ऊ धेरै समयपछि पुनः उदाएकि छे । उसलाई चिनेकी सहकर्मी ख्याउटीले भन्छे ,”तँ कहाँ हराएकी ? म त हामीलाई छोडेर तँ अर्को मान्छेहरूको दुनियामा प्रवेष गरिस् जस्तो लागेको थियो । हामी फुटपाथका बस्तुबाट उच्छिटिएर मान्छेको दुनियामा बिलाइस भनेको त धेरैपछि यतै आइस” । ख्याउटी फत्फताइ रही । उसले गाँउ गएकी भनेर टारिदिइ ।

“ल ल मुर्गामुर्ख आयो जस्तै छ, पछि भेटौला” । उनीहरू छुट्टिएर पुलको किनारातर्फ लागे । मान्छे हेर्दै, “जाने हो”भन्ने प्रश्न गरिरहन्थे । उनको प्रश्नको अर्थ खै कतिले बुझे ?भद्र जस्तो देखिने पुरूषलाई उसले निकै आशा राखेर सोधी ,”दाइ जाने हो “? पुरूष एक्कासी पड्कियो । ‘‘नकचरी बाटोघाटोमा जाने हो ,भन्छेस् । काम गरेर खान सकिदैन ? हातपाखुरा त सबै सकुशल छन् त ? कहिले नरिसाउने ऊ, उसकाे शरीरमा एक्कासी महाकाली सवार भइन ।

ऊ रिसले काप्दै भन्न थाली,” हातपाखुरा ठिक छन ,”हेर्छस”। गाला फुट्नेगरी उसको गालामा रन्काइ । ऊ हुत्तियो । आक्रोसित ऊ झम्टिन खोज्दै थिइ ,केही महिलाहरूले उसलाई रोके । फुत्किन कोशिस गर्दै आक्रोशमा “साला भतुवा आदर्शका कुरा गर्छस, मकै पोल्न सम्म नदिने, तेरो सरकार र तँ जस्ता लुटेराहरूले हामीलाई मान्छे भएर बाच्न दिएनौ! शिक्षा र स्वास्थ्यमा कमिसन खाएर हामीलाई सडकमा ल्याउने निकम्मा जनावरहरू,खानका लागि त मैले खरिढुङ्गा र राताेमाटाे पनि खाइदिन्थे तर म मेरो श्रीमानको उपचार गरेर प्राण बचाउन र बच्चाको सामान्य शिक्षाका निम्ति सडकमा छु । म रहरले सडकमा बसेकी हैन । लाससँग पनि कमिसन खाने ब्वाँसाकाे नाइके आज त तँ सिद्धिन्छस “। ऊ जन्मेदेखिको तागत लगाएर झम्टन खोज्दै थिइ । पुरूषले गाला छाम्दै, घरी अगाडि ,घरी पछाडि हेर्दै किनारै किनार भाग्याे । आँखाले भ्याउँन्जेलसम्म ऊ घरीघरी गाला छाम्दै पछाडि फर्किरहन्थ्यो ।

खासमा अगाडि बढ्नेहरूले पछाडि फर्केर समाज हेरिदिएको भए!!! समाज भित्रको अध्यारो सहर देखिन्थ्यो कि ? अँध्यारोभित्रको उज्यालो झुल्किएर अर्को दुनियामा हराएकाहरू यही दुनियामा आउथे होला । भिड न हाे क्रमशः तितर बितर भयाे । सभ्य समाजकाे भिडले अध्याराे कहीलै देखेन । अध्याराे निरन्तर •••••!

-गाेपीराम भण्डारी ‘बटुवा’

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }