शनिबार, बैशाख २२, २०८१

छिन्नलता गीत पुरस्कार घोषणा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १३, २०८१
  • 42
    SHARES

काठमाडौँ:  छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र  गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न साधारणसभाले विसं २०७९ र २०८० दुवै वर्षको छिन्नलता गीत पुरस्कार विभिन्न आठ महानुभवलाई प्रदान गर्ने निर्णय गरेको हो । गुठीका अनुसार लोकप्रिय युवाप्रतिभा पुरस्कार भुपु पाण्डेको (पिरैपिर: झट्ट हेर्दा हजुर जिन्दगी दामी छ…) सृजनालाई प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै २०७९ को छिन्नलता गीत पुरस्कारको गीत रचनातर्फ भूषण खरेल, सङ्गीत रचनामा मनराजा नकर्मी र गायनमा शिव परियारलाई प्रदान गर्ने निर्णय भएको गुठीका सचिव दिनेश अधिकारीले बताउनुभयो । सोही वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेलको (परेलीमा बसुँ कि कलेजीमा बसुँ गीत) सृजनालाई प्रदान गर्ने निर्णय भएको छ ।

विसं २०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि वृद्धि गरी रु एक लाख कायम गरिएको गुठीले जनाएको छ । छिन्नलता युवा प्रतिभा पुरस्कार रु ५० हजारसँगै सम्मानपत्र छ । ती पुरस्कार गुठीका संस्थापक तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मजयन्तीका अवसरमा आगामी हरिशयनी एकादशीका दिन साउन २ गते प्रदान गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }