मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मेलम्ची बाढीको १४ महिना पूरा: बाढी प्रभावितलाई अझै सास्ती


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ७, २०७९
  • 506
    SHARES

भदौ ७, काठमाडौं । मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् ।

मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, विद्युत्लगायत विभिन्न संरचनामा क्षति पुग्यो । यसले गर्दा खोला वारपार गर्न अहिले यस भेगका नागरिकलाई ठूलो समस्या छ । बाढी आएको यतिका समय बितिसक्दासमेत दिगो हिसाबले कुनै पनि काम नहुँदा गुनासो गर्नुहुन्छ मेलम्चीका तारा बानियाँ । पुल नहुँदा गर्भवती, बिरामीलाई धेरै समस्या रहेको पाँचपोखरी भोताङका निमा तामाङले बताउनुभयो ।

गत वर्ष पनि नगरपालिकाको सहयोग र नगर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा अस्थायीरूपमा ह्युमपाइप हालेर यातायातका साधन आवतजावतमा सहज बनाइएको थियो । यस वर्ष पनि दशैँअगावै पुनः ह्युमपाइप हाल्नुपर्ने बजारवासीको माग छ । मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुस्कर धितालले अस्थायी संरचनाभन्दा पनि स्थायीरूपमै यस्ता समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।

मेलम्ची नगर पालिकाले पनि स्थायी संरचना बनाउन प्रदेश र सङ्घ सरकारको पटक–पटक ध्यानाकर्षण गराएको जनाएको छ । तत्कालका लागि ह्युमपाइप नै हाले पनि बेलिब्रिज वा पक्की पुलका लागि पहल भइरहेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । बाढी आएको केही समयपछि तत्कालीन प्रधानमन्त्री, विभागीय मन्त्रीदेखि राजनीतिक दलका उच्चपदस्त व्यक्तिले विभिन्न प्रतिबद्धता र आश्वासन दिए पनि अहिलेसम्म काम हुनसकेको छैन । बाढी प्रभावितलाई आश्वासन नभएर राहत चाहिएको सरोकारवाला निकायले बुझ्न आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)