शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ प्रदेशसभाको दशौं अधिवेशन आजबाट अन्त्य हुने


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १७, २०७९
  • 380
    SHARES

भदौ १७, काठमाडौं । प्रदेश १ प्रदेशसभाको दशौं अधिवेशन आजबाट अन्त्य हुने भएको छ । प्रदेश सरकारको भदौ १२ गतेकाे बैठकले आज (शुक्रबार) बाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश सभाको १० औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज बस्न लागेको हो । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् । सो बैठकपछि आजै राति १२ बजेबाट अधिवेशन अन्त्य हुनेछ ।

प्रदेशको नामको विषयमा छलफल नै नभई प्रदेश १ सभाको पहिलो कार्यकाल सकिएको छ । पाँच वर्षे पहिलो कार्यकालमा स्थायी राजधानी भने घोषणा भएको छ । प्रदेश सभाको शुक्रबारको अन्तिम बैठकको प्रस्तावित कार्यसूचीमा प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस हुनेछ ।

प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ माथि सोही समितिले तयार पारेको प्रतिवेदन पेस हुनेछ । अन्त्यमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त दशौं अधिवशेन अन्त्य भएको पत्र पढेर सुनाउनेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)