बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बैतडीमा छ महिनादेखि हवाई सेवा बन्द


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ३०, २०७९
  • 485
    SHARES

३० भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ ।

धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो ।

यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई उडान नहुँदा आकस्मिकरुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जाने नागरिक समस्यामा परेका हुन् । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न कम्तीमा आठ घण्टा लाग्ने गर्दछ ।

यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भएको र असोज पहिलो साताबाट पुनः सञ्चालन हुने समिट एयर पाटनका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिनुभयो । चैतअघि नियमितरुपमा उडान हुने गरेकामा त्यसपछि यात्रु नपाउँदा र मौसम अनुकूल नहुँदा उडान हुन नसकेको हो ।

चैतपछि केही महिना समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भरिरहेको हुनाले पाटन नआएको भट्टको भनाइ छ । उहाँले भन्नुभयोे, “चैतदेखिको दुई÷तीन महिना लुक्ला र जोमसोमतिर पर्यटक बढेकाले उतै भरेको थियो, त्यसपछि यता उडान भर्ने कुरा थियो, कहिले मौसमले साथ नदिने कहिले यात्रु नपाइने समस्या छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)