शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘प्रेम गीत ३’को हिन्दी डबले पायो नेपाली चलचित्रको मान्यता


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ६, २०७९
  • 271
    SHARES

६ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले सो फिल्मलाई नेपाली चलचित्रको मान्यता दिएको हो ।

विवादमा रहेको फिल्मको हिन्दी डबको सेन्सर पास भइसकेको छ । बुधबार नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन कसीले ‘प्रेम गीत ३’ का निर्माता र वितरकलाई हिन्दी डब सेन्सर पास भएको अनुमति पत्र दिएका थिए ।

फिल्मका निर्माता चक्र बहादुर चन्द तथा वितरकद्धय मनोज राठी र गोविन्द शाहीले बोर्ड पुगेर अध्यक्ष भुवन केसीलाई भेट्दै १५ प्रतिशत विकास शुल्क बुझाएर सेन्सर अनुमति लिएका थिए । यस अघि फिल्म हिन्दी भर्सन रिलिज हुने वा नहुने भन्नेबारेमा निकै नै असमझादी भै रहेको थियो । आक्रामक बुकिङ्गका साथ फिल्मले अहिले अग्रिम बुकिङ्ग खुला गरिसकेको छ ।

मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ भने १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

सन्तोष सेनको निर्देशनमा बनेको फिल्म भोलि शुक्रबारबाट विश्वभर प्रदर्शनमा आउँदै छ । फिल्ममा प्रदिप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }