शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसका महासमिति सदस्य आशा सिंह राठौर र सन्तप्रसाद श्रेष्ठसहित विपी काँग्रेस प्रवेश


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ६, २०७९
  • 432
    SHARES

काठमाडौँ, ६ असोज । पछिल्लो समय काँग्रेससँग असन्तुष्टि भएका नेता तथा कार्यकर्ताहरु वीपी काँग्रेस प्रवेश गर्न थालेका छन् ।

नेपाली काँग्रेस वीपीको केन्द्रीय कार्यालय सामाखुशीमा आयोजित कार्यक्रममा आज नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष एवम् आइएलओ गभर्निङ वोर्डको सदस्य काँग्रेसको महासमिति सदस्य आशा सिंह राठौर, काँग्रेस नेत्री दिव्यश्वरी शाह, नेपाली काँग्रेस काठमाडौँका महासमिति सदस्य सन्तप्रसाद श्रेष्ठ (एसपी), काँग्रेस काठमाडौँका जिल्ला सदस्य जयराम कार्की (जङ्गे दादा), नेकपा एमालेका काठमाडौँका युवा नेता रमेश विक्रम थापालगायत नेपाली काँग्रेस (वीपी)मा प्रवेश गरेका हुन् ।

वीपी काँग्रेस प्रवेश गर्नेलाई वीपी काँग्रेसका सभापति सुशीलमान शेरचन, वरिष्ठ उपसभापतित्रय कर्णबहादुर मल्ल, झलकनाथ वाग्ले, गोविन्द शर्मा पौडेल, उपसभापति पुष्प पराजुली, रिता खनाल, महामन्त्री देवेन्द्रप्रकाश पौडेल, भक्तराज भुसाललगायत पदाधिकारीले पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }