शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मधेशमा गठबन्धनको सिट बाँडफाँट : जसपालाई आधा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 187
    SHARES

काठमाडौं, १३ असोज । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् ।

सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा दुईवटा दलको दाबी छ र आपसमा सम्वाद गरेर सल्टाउने समझदारी भएको छ ।

प्रदेशसभाको सिट बाँडफाँटका लागि कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले क्षेत्रगत प्रस्ताव ल्याएका छन् । त्यसमा छलफल चलिरहेको एक सदस्यले बताए ।

अहिलेसम्मको छलफल हेर्दा देशभरमा मोटामोटी आधा सिट कांग्रेसले लिएर बाँकी अरु दलले बाँड्ने जस्तो देखिएको छ । मधेश प्रदेशमा भने आधा सिट जनता समाजवादी पार्टी (जसपा)ले पाउने र बाँकी अरु दलले बाँड्ने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }