शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पार्टीभित्रै विद्रोह गर्ने बेला आएको छ : गगन थापा


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 201
    SHARES

काठमाडौ, १४ असोज । नेपाली कांग्रसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् । शुक्रबार बिहान चावहिलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन चुनाव जित्नका लागि मात्र भएको उल्लेख गर्दै अघिल्लो निर्वाचनदेखि आउँदो निर्वाचनसम्म पार्टी गोलचक्करमा मत्रै चलेकाले अब पार्टीभित्र संघर्ष गर्ने बेला आएको उल्लेख गरे ।

उनले आफ्नो राजनीतिको सक्रिय समय १० वर्ष मात्रै बाकी रहेको उल्लेख गरे । आफूलाई धेरै मुर्ख पागल भन्ने गरेको वृतान्त सुनाउँदै थापाले आफ्नो कारणले देशमा दुई वटा मात्रै काम भए पुग्ने बताए । आफूले कसैलाई निराश नबनाउने प्रतिबद्धता जनाउँदै थापाले पार्टीको उदेश्यमा आफू लागिरहेको र सँधैभरी लाग्ने बताए ।

डेंगु महामारीप्रति लक्षित गर्दै थापाले यत्रो महामारी फैलिसक्दा पनि सरकारले आपत्कालीन बैठक बोलाएर समाधान नखोजेकोमा असन्तुष्टी व्यक्त गरे । उनले भने, ‘सरकार कसैको हुँदैन, जनताको हुन्छ । यत्रो महामारी फैलिसक्यो। चाडबडको बेला छ। आपतकालीन बैठक बोलाएर समाधानको उपाए खोज्नुपर्छ। ’

उनले निर्वाचनको बेला एकजना मात्रै पनि पार्टीमा थपिँदा हिम्मत बढ्ने उल्लेख गरे। बिपी र गणेशमान सम्पन्न परिवारको हुँदा पनि देशलाई उज्यालो बनाउन भनेर कांग्रेस बनाएको उल्लेख गरे । उनीहरुले आफू सांसद र मन्त्री बन्ने भन्दा पनि देश र समाज बनाउने सपना बोकेको उल्लेख गरे । आफूले पनि सांसद र मन्त्री बनौला भने कांग्रेसको झण्डा नसमातेको उल्लेख गरे ।

उनले आफ्नै कारण थुप्रै कानुन बनेको दाबी गरे । पाँच वर्षमा जति काम हुनुपर्ने हो त्यो नभएको उनले उल्लेख गरे । काम हुन नसकेकोमा आफ्नो मनमा असन्तुष्टी र छट्पटी भएको बताए । उनले अबको पाँच वर्ष पनि यसै खेर जान्छ कि भनेर मनमा बेचैन भरिएको गुनासो गरे । थापाले आफ्नो पहलमा १० वर्षभित्र १० लाख राजेगारी बनाउन सकिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }