शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उम्मेदवार टुंगो लगाउन कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २१, २०७९
  • 151
    SHARES

काठमाडौं – प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

सोमबारदेखि निरन्तर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवार छनोटको प्रयासमा लागेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको  बिहिबारको बैठक  भने बस्न सकेको थिएन । ।  सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड तय गरेको थियो ।

उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता,लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाएको छ ।

कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ । यहि असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय भएकाले  शुक्रबार उम्मेदवार छनोट गरिसक्ने कांग्रेसको तयारी रहेकाे छ ।

तर, सत्ता गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले कांग्रेस उम्मेदवार छनोटमा अलमलमा देखिएकाे छ।

निर्वाचन क्षेत्र बाँडफाँटका लागि  पाँच दलीय गठबन्धनका वीच छलफल दुई महिनादेखि  जारी छ ।

कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समिति (बोर्ड) ले नाम टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }