बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जडान गर्दै प्राधिकरण


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १३, २०७९
  • 496
    SHARES

काठमाडौं-  नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जडान गर्ने भएको छ । यो प्रणली जोड्न भएको टेन्डर रद्द गर्न खोजिएपछि लामो समयसम्म अलपत्र परेको थियो । सर्वोच्च अदालतले पुरानै प्रक्रियामार्फत खरिद प्रक्रिया अघि बढाउन फैसला गरेको थियो ।

‘रेभिन्यु असुरेन्स’ (राजस्वको निगरानी), फ्रड डिटेक्सन (ठगी नियन्त्रण) तथा क्वालिटी असुरेन्स (गुणस्तरको सुनिश्चितता) का लागि भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत यस्तो प्रणाली खरिद प्रक्रिया अघि बढेको हो । यसअनुसार ‘इन्टरनेसन कल मनिटरिङ सिस्टम-प्रोब्स, कस्टमाइज्ड ड्राइभ, टेस्ट इक्विपमेन्ट र यसको एसोसरिज’ किन्न लागिएको छ ।

तर, आयातित उपकरणको मूल्य अस्वभाविक भएको भन्दै भन्सार प्रशासनले अनुस्नधान गरेको चर्चा भएको थियो । एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्टान्डर्ड बिडिङ डकुमेन्टअनुसार नै आशयपत्र माग गरी छनोट भएको संस्थाहरुबाट प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको बताएको छ ।

सर्वोच्च अदालतको फैसलापछि नयाँ प्रविधि अनुसारको प्रस्ताव गरे भन्दा थप सेवा, सफ्टवेयर तथा उपकरण समेत प्राप्त गरी खरिद गर्ने सम्झौता भ्यानराइज सोलुसन्स सल अफसोर, लेबनानसँग सम्झौता गरिएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली बजारमा नपाउने उपकरणहरु तथा यो प्रोजेक्टमा मात्रै प्रयोग गर्न सक्ने विशेष प्रकारको उपकरणहरु भी प्रोब एप्लाइन्सेस फर भोइस एन्ड एसएमएस ट्राफिक-१०९ सेट, ल्यापटेप विथ ड्राइभ टेस्ट किट र कन्ट्रोल प्यानल-२ सेट, सेल फोन-८ सेट ल्याउन लागिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }