सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अहिलेकै गठबन्धनलाई २० वर्षसम्म निरन्तरता : अध्यक्ष प्रचण्ड


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २८, २०७९
  • 392
    SHARES

लमजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई २० वर्षसम्म निरन्तर लगिने बताएका छन् ।

लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कतिपयले चुनावपछि गठबन्धन के हुन्छ ? नयाँ बन्छ कि भन्ने अनुमान गरिरहेको उल्लेख गर्दै कम्तिमा १५/२० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने बताएका हुन् ।

उनले भने, ‘यो गठबन्धन चुनावसम्म मात्रै होइन । कतिपयले भन्छन् चुनावपछि अर्कै हुन्छन् कि भनेर । त्यस्तो हुँदैन । उपलब्धिमाथि खतरा रहेसम्म दशरपन्ध्र, बीस वर्षसम्म जाओस् । अब अर्को प्रयोग हुँदैन ।’

प्रचण्डले पछि के गर्छ भनेर कतिपयले शंका गर्ने गरेको जनाउँदै भने, ‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु । अब त्यो ज्ञान यताउता हुनेवाला छैन । यही गठबन्धनलाई लिएर जाने हो ।’

उनले आफू र नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै देशका विभिन्न चुनावी सभामा गएको र सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको दाबी समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)