शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हरायो


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक ३०, २०७९
  • 175
    SHARES

काठमाडौं । स्ट्राईकर अञ्जन बिष्टको निर्णायक गोलको सहयोगमा बुधवार नेपाली राष्ट्रिय फुटबल टोलीले पाहुना टोली पाकिस्तानबिरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले ३ वर्षको फिफा प्रतिवन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानलाई १–० ले स्तब्ध बनाएको हो । ८३ औं मिनेटमा अञ्जनले सुनिल बलको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे । क्रस बललाई अञ्जनले आकर्षक शैलीमा जाली चुमाउन सफल भएका हुन् । यससँगै अञ्जनले राष्ट्रिय टोलीका लागि ११ औं गोल पनि पूरा गरेका छन् । अन्जन सर्वाधिक गोलकर्ता रहेका हरि खड्का र निराजन रायमाझी भन्दा दुई गोलले पछि छन् । यसअघि असोज ११ मा दशरथ रंगशालामा सम्पन्न बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा अञ्जनको ह्याट्रिकमा नेपालले ३–१ को जित निकालेको थियो ।

बुधवार भ्रमणकारी टोली पाकिस्तानले शुरुवातबाट नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो । तर केही समयपछि पाकिस्तानको सो लयले निरन्तरता पाउन सकेन । खेलको शुरुवातमै विमल घर्ती मगरले सुवर्ण अवसर पाए पनि उनले प्रहार गर्न ढिला गर्दा नेपालको अवसर खेर गएको थियो । ११ औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिएका थिए । त्यसपछि पाकिस्तानले काउन्टर अट्याकमा केही प्रयास गरेपनि नेपालको रक्षापंत्ति तोड्न सकेन । दुवै टोलीले त्यसपछि प्रयास गरेपनि पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा फरक रणनीतिकासाथ मैदान उत्रिएको पाकिस्तानले केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन । यस्तै नेपालका केही सुनौला अवसर अग्रपंक्तिले सदुपयोग गर्न चुकेको थियो ।

घरेलु टोली नेपालसँगको खेलसँगै पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको छ । नेपाली पुरुष फुटबल टोलीले दशरथ रंगशालामा खेलेको यो ५० औं अन्तर्राष्ट्रिय खेल हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }