शुक्रबार, मंसिर २२, २०८०

अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैन : विष्णु पौडेल


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 177
    SHARES

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन्। बिहिबार आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सव कार्यक्रममा उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताए।

आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भएपनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ। उनले राजनीतिक स्थिरताका निम्ति धेरै आश गर्ने ठाउँ नरहेको दाबी गरे।

‘स्थिरता र अस्थिरता जनादेशमा भरपर्ने कुरा हो। यस पटकको जनादेशबाट स्थिर सरकार बन्दैन। यसले अस्थिरतालाई नै निरन्तरता दिने देखिन्छ। यो मुलुकका लागि दुर्भाग्यपूर्ण छ,’ उनले भने।

उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरुको मूल्यांकन हुन जरुरी रहेको औंल्याए। ‘के उपलब्धी भए, के कमजोरी भए ? त्यसको मूल्यांकन हुनुपर्छ र हरेक सरकारले त्यसको जिम्मा लिनुपर्छ। नेकपा एमालेको तर्फबाट म भन्न चाहन्छु हामी जिम्मा लिन्छौँ,’ उनले भने।

देशको आर्थिक संकट कल्पनातित रहेको भन्दै पौडेलले मुलुकले भोगिरहेको अर्थ संकटको ‘केस वाइज’ विश्लेषण हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }