शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अब बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ : मन्त्री चौधरी


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 186
    SHARES

काठमाडौं –  सहरी विकासमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएको छ । उहाँले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो ।

“सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, पाँचदलीय गठबन्धनको नै सरकार बन्छ । सरकारको नेतृत्व र मन्त्रीहरू पनि सल्लाहमै टुङ्गो लगाउँछौँ”, उहाँले भन्नुभयो ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले अब पाँच वर्षसम्म यही गठबन्धनको सरकार बन्ने जिकिर गर्नुभयो । अब गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएकाले अर्को गठबन्धन नबन्ने उहाँको दाबी छ । मन्त्री चौधरीले कांग्रेसले सरकारको नेतृत्व गर्ने पनि बताउनुभयो । अब बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गर्दै मन्त्री चौधरीले भन्नुभयो, “अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो । त्योबाहेक अरु खालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन ।”

मन्त्री चौधरीले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने पनि बताउनुभयो । आफ्नो दलले चुनावमा हासिल गरेको सिट सङ्ख्या अपेक्षित नभए पनि तुलनात्मकरूपमा सन्तोषजनक रहेको उहाँको भनाइ छ ।

उहाँले काठमाडौँ उपत्यकाभित्र देखिएको सुकुम्बासी समस्या पनि छिट्टै हल गरिने बताउँदै आगामी ३५ दिनभित्र काठमाडौँको सुकुम्बासी समस्या हल गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }