बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम भए :मुख्यमन्त्री केसी


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २७, २०७९
  • 348
    SHARES

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दावी गर्नु भएको छ ।

लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयका आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो भनाई राख्नु भएको हो । मुख्यमन्त्री केसीले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको पनि स्पष्ट पार्नु भयो । आफू नेतृत्वको प्रदेश सरकारले प्रदेश भित्र रहेका सबै जिल्लालाई जोडने गरी १३ सय किलो मिटर पहाडी मार्ग सम्पन्न गरेको, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्विनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर संघीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको उहाँको भनाई थियो । मुख्यमन्त्री केसीले भन्नु भयो, ‘राप्ती उपत्यका सबैको पायक पर्ने ठाउँ देउखुरी, नजिकै गौतमबुद्धको जन्मस्थल लुम्विनी छ । त्यसको नजिकै काखमा हामीले आफ्नो राजधानी सार्ने काम गरेका छौं । प्रदेशसभाले पारित गरेको प्रस्तावलाई पूर्ण रुपमा कार्यान्वयन गरेर संघीय व्यवस्थालाई बलियो बनाई दिने जिम्मेवारी पूरा गर्ने मेरो दायित्व थियो । यो अन्तिम समयमा पूरा गर्ने अवसर प्राप्त भएको छ । पहिलो प्रदेशसभाले गरेको निर्णय कार्यान्वयन गरिदिनु पर्दछ । त्यसलाई स्थापित गरिदिनु पर्छ । एउटा गौरवका साथ हामीले प्रदेशको राजधानी निर्माण र व्यवस्थापन गरेका छौं । दोस्रो पूर्वाधारको हिसावले प्रदेशका १२ वटै जिल्लालाई जोडने गरी १३ सय किलो मिटर पहाडी मार्गलाई उत्तर–दक्षिण जोड्ने रणनीतिक योजना थियो । त्यसलाई पूरा गर्ने । तेस्रो, लुम्विनी प्रादेशिक विशेषज्ञ अस्पताल, जसबाट हाम्रो पचासौं लाख मानिसले मात्रै लाभ नलिएर छिमेकी प्रदेशकाले पनि लाभ लिन मिल्ने गरी हामीले अर्को गौरवको योजना बनायौं । अर्को, लुम्विनी प्राविधिक विश्वविद्यालय, जो नेपालगंजमा छ । त्यो स्थापित गरिएको छ ।’

मुख्यमन्त्री केसीले प्रदेशसभा भवन निर्माणको काम पनि सकिएको र आगामी प्रदेशसभाको बैठक पनि देउखुरीमा गरिने बताउनु भयो । उहाँले केही दिन भित्रै मन्त्रालयहरुका सबै काम पनि राजधानी देउखुरीबाटै हुने बताउनु भयो । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी सबैलाई पायक पर्ने भएकाले दाङको देउखुरीलाई चयन गरिएको पटकपटक दोहो¥याउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)