बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वर्ल्डलिङ्कलाई नोकियाको ‘होम कनेक्टिभिटी सर्भस इनोभेसन’ अवार्ड


  • माउन्टेन खबर
  • शुक्रबार, पुस ८, २०७९
  • 215
    SHARES

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ । सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो ।

नोकियाका अनुसार वर्ल्डलिङ्कले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वर्ल्डलिङ्कलाई बिजेताको रूपमा चयन गरिएको हो । ‘हिमाल, बरफ तथा हिउँ, खोला एवम् वन्यजन्तु जस्ता प्रतिकूल परिस्थितिमा समेत ग्राहकलाई जोडेको नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भूमिका निर्वाह गरेकोले सर्भिस इनोभेसनः इन(होम कनेक्टिभिटी विधा अन्तर्गतको अवार्ड वर्ल्डलिङ्कलाई प्रदान गरिएको छ , नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले भनेकी छिन् । नोकियाले यही डिसेम्बर ७-८ सम्म सिङ्गापुरमा आयोजना गरेको गेट टु फास्ट फास्टर २०२२ कार्यक्रम माझ वर्ल्डलिङ्कलाई यो अवार्ड प्रदान गरिएको थियो ।

हाल कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या सात लाख भन्दा बढी तथा प्रयोगकर्ताको सङ्ख्या ३० लाख भन्दा धेरै छ । हाल नेपालमा एक जना ग्राहकले जोडेको इन्टरनेट औसत ४: ३२ जनाले प्रयोग गर्दै आएका छन् ।

देशका सातै प्रदेशका ७४ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । कम्पनीले देशका विभिन्न १४ हजार भन्दा बढी स्थानमा फ्री वाईफाई सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }