बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले लुम्बिनीको संसदीय दलको नेतामा गिरी सर्वसम्मत


  • माउन्टेन खबर
  • आइतवार, पुस १७, २०७९
  • 400
    SHARES

देउखुरी । नेकपा (एमाले) लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लिला गिरीलाई सर्वसम्मत चयन गरेको छ ।

चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ । आज प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवैलाई सर्वसम्मत चयन गरेको हो । गिरी रूपन्देही–२ ९१० बाट र आचार्य अर्घाखाँची–१ ९२० बाट निर्वाचित सदस्य हुनुहुन्छ । उहाँहरू दुवै पूर्वमन्त्री हुनुहुन्छ ।

सभामुख र मुख्यमन्त्री एक हप्ताभित्र सहमतिमा टुङ्गो लाग्नेसमेत एमाले महासचिव शङ्कर पोखरेले जानकारी दिनुभयो । लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्य प्रदेशसभा रहेको छ ।

एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ । नेपाली कांग्रेस २७, नेकपा(माओवादी केन्द्र) नौ, राप्रपा चार, नागरिक उन्मुक्ति पार्टी चार, जनमत पार्टी तीन, जनता समाजवादी तीन, लोकतान्त्रिक समाजवादी तीन, राष्ट्रिय जनमोर्चा एक, नेकपा (एकीकृत समाजवादी) एक र स्वतन्त्र तीन प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)