![](https://www.mountainkhabar.com/wp-content/uploads/2023/01/321980956_509781881301113_1722860835333384341_n.jpg.jpg)
पोखरा । एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको दाबी गरेका थिए ।
अधिकारीले आजै मुख्यमन्त्री पदकाे सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।