बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश: सभामुख पदका लागि आज निर्वाचन हुँदै


  • माउन्टेन खबर
  • शनिबार, पुस ३०, २०७९
  • 304
    SHARES

कास्की । गण्डकी प्रदेशको सभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ ।

सभामुख निर्वाचनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेशसभामुख चयन गर्न शनिबार बैठक बोलाउनुभएको हो ।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) लाई सभामुख दिने सहमति भएको छ । सहमतिअनुसार सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुहुने भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।

गण्डकी प्रदेशमा नेकपा (एमाले) ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागबण्डा गरिएको थियो । सोहीअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले सभामुखमा पनि गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र एक सदस्य छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }