शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार परिवर्तनसँगै सोचमा परिवर्तन गरौ


  • माउन्टेन खबर
  • शनिबार, माघ ७, २०७९
  • 619
    SHARES

– शिवबहादुर बस्नेत

सबैभन्दा ठूलो राष्ट्र त्यसपछि त्यहाँका जनताहरु हुन् । अहिले सरकार परिवर्तन भयो । जनताहरुले मतदान गरी जिताएर नेताहरुलाई संसद भवन पु¥याएका छन् । अब आर्थिक सम्वृद्धिको लागि आर्थिक क्रान्ति गरी जनताहरुको जीवनस्तर उकास्न मरिमेटेर काम गर्ने भनेका छन् त्यो कुरा स्वागतयोग्य र सकारात्मक छ । यो देशलाई माथी पु¥याउन हामी सबै जनताहरुले आफ्नो आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्न सकिन्छ । ए देखि जेडसम्मका नेताहरुले अब जनताहरुको आर्थिक समृद्धिको लागि काम गर्ने भनेर कम्मर कसेर लागेका छन् यो राम्रो कुरो हो । मरेर कसैले पनि आजसम्म केहि लान पाएका छैनन् र लादैनन् पनि लाने पाप र धर्म हो । धेरै वर्ष अघि हाम्रो देश भन्दा पनि पिछडिएको देश सिंगापुर आज विकासले कहाँ पुग्यो । आफ्नो देशको माया नगर्ने को होला ?

पहिले देखि बिग्रेको कुराहरुको व्यवस्था (सपार्न) गर्नको लागि समय चाहिन्छ । जनधनको क्षति गर्नु उचित नहोला ? नीति, नियम, कानून बनाईसके पछि त्यसको कार्यान्वयन (पालना) भयो भएन त्यो हेर्नको लागि अनुगमन पनि गर्नु पर्छ । हाम्रो पुरानो सोचलाई नयाँ सोच बनायो भने राम्रोसँग काम गर्न सकिएला । भ्रष्टाचार नियन्त्रण मात्र भन्छन् तर बजारमा महंगी बढ्नु भएन । कर्मचारीवर्गहरुको सुविधाको लागि २ वटा बच्चाहरुको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले नै निशुल्क गरि दिनु पर्छ । त्यसपछि कडा नियम बनाउनु । किसानलाई मलमा धेरै सुलभ सस्तो उपलब्ध गराउनु धेरै फलाउने किसानलाई प्रोत्साहन गर्नु । किसानलाई प्रोत्साहन गरेको भए थिमीका मलिला माटामा धेरै घरहरु बन्दैन थिए । कुनैपनि जिल्लामा ५ तल्लाबाट घर माथी थप्न नपाउने र विदेशमा जस्तो आकाश किन्ने व्यवस्था भए सबैले फ्ल्याट लिन्थे । त्यस्तो सिष्टम (प्रणाली) भए खेतवारी धेरै बाँकी रहन्थे । ५ परिवारले ५ वटा फ्ल्याट खरीद गरी बस्थे ।

असल काम गर्ने, सबैको कल्याण गर्ने, कसैको कुभलो नचिताउने, सधै सकारात्मक कुरा सोच्ने, अरुको कदर गर्ने, साना मानिससँग पनि सल्लाह माग्ने मानिसले पाठपूजा, ब्रत केहि नलिए पनि धर्म हुन्छ । मानिस सबै बरावर नै हो तर पद ठूलो हो । कार्यालय सहयोगी देखि सचिव, मूख्यसचिवसम्म, मन्त्री देखि प्रधानमन्त्री, राष्ट्रपति सम्म सबैजनाले एकदिन त्यो पद (कुर्सि) बाट ओर्लिनु पर्छ । पदबाट ओर्लि सकेपछि त्यो मानव साधारण जनता हुन जान्छ । त्यसैले कसैले पनि घमण्ड (अहंकार) नगरे हुन्छ ।

अब नयाँ सरकार बनेको छ र देशका जनताहरुले राम्रो काम गरुन भनेर हाम्रोलाई होईन राम्रोलाई मतदान गरी संसद भवनमा छिराएका छन् र युवा नेताहरुले संसदमा छिरेर राम्रो काम गरे भने जनताहरुको मानसपटल र हृदयमा सधै ती नेताहरुको असल काम सम्झीरहेका हुन्छन् र अर्को पटक पनि चुनाव जितेर जनताले नै फेरी संसद भवन पठाउने छन् । राम्रो, असल काम गर्ने जो सुकै होस उसले जहिले पनि स्वाभिमान भएर हिड्न पाउँछ र कहिले शिर झुकाउनु पर्दैन । राम्रो काम गर्ने मानव पछि जनताहरुले सदैव सम्झेर प्रसंम्सा गरि रहेका हुन्छन् र राम्रो हाम्रो हुनजान्छ । राम्रो पनि हाम्रो पनि भएपछि झनै राम्रो भयो । नातामा होईन कि देश र जनताहरुको राम्रो काम गरेको हुनाले हाम्रो भनेको हो ।

देशमा ठूलो रोग भनेको भ्रष्टाचार हो । कसैले खानलाउन पुगेर नि भ्रष्टाचार गरेका हुन्छन् । कसैले लोभले बढी विलासी जिवन जिउनलाई भ्रष्टाचार गरेका हुन्छन् । त्यो रोक्न ठूलाले भ्रष्टाचार नगरे आफसे आप अटोमेटिक भ्रष्टाचार रोकिन्छ । जागिरले नपुगे पसल खोल, खेती गर, ट्यूसन पढाउ ईमान्दारपूर्वक कमाउने बाटो अनेक छन्, गर्नु मात्र पर्छ । राष्ट्र महानायक बडामहाराजाधिराज पृथ्वी नारायण शाहले प्रजा मोटा भए दरवार बलियो हुन्छ भनेर त्यतिबेला भनेका थिए । अहिलेको सन्दर्भमा जनता मोटा भए देश बलियो हुन जान्छ । सबैको सम्मान गर्नुपर्छ ।

सिंह भै गर्जने युवा नेताहरु चुनाव जितेर संसदमा पुगेका छन् त्यसैले अब देशको मुहार फेरीनेमा सबै जनताहरु आशावादी र भरोसामा छन् । हे नेपाल आमाका सपुतहरु आफ्नो तलव, सुविधा बाहेक एक रुपैंया (१।–) पनि आर्जन नगर । अवैध आम्दानी गरेर धन थुपार्न संसद भवन जनताहरुले पु¥याएका हैनन् । देश र जनताको सेवा गरी गरीवको ओठमा खुसी र मुस्कान ल्याउने रातदिन प्रयत्न गर । त्यो शक्ति भगवानले प्रदान गरुन र हामी जनताहरुको तर्पmबाट राम्रो कामको लागि शुभेच्छा र शुभकामना छ ।

२०८० सालको नयाँ वर्ष सबै नेता र जनताहरुको सुखद रहोस् । यो नयाँ साल ३६५ दिन नै दिनहुँ नै नयाँ साल भई रहोस । सबैमा उमंग, नयाँ जोश, जाँगर र उत्साहले भरिएर आवोस नयाँ वर्ष देशमा विकासका गति दिन दुईगुना रात चौगुनाले बढेर जावोस । नयाँ वर्ष २०८० सालको निजामती, शिक्षक, प्रहरी, आर्मी सबै बर्गका कर्मचारीहरुको नेता जनताहरुमा यो लेखकको अग्रीम शुभकामना छ ।

(लेखक : निजामति क्षेत्रमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }