आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

समालोचनात्मक अन्वेषणको निष्कर्ष – गोपी मैनाली


  • गोपी मैनाली
  • शनिबार, फाल्गुन २६, २०८०
  • 129
    SHARES

समालोचनात्मक अन्वेषणको निष्कर्ष -गोपी मैनाली

रमेश विकल नेपाली साहित्यका कथा, उपन्यास, बालसाहित्य, नाटक, निबन्ध र संस्मरण विधामा सिर्जना गर्ने बहुमुखी प्रतिभा हुन् । उनका सिर्जना शाश्वत र जीवन्त छन् । टि एस इलियटले भने झै ‘स्रष्टाको मन अनगिन्ति संवेदनाहरू, वाक्यांशहरू, बिम्बहरू ग्रहण एवम् एकत्र गर्ने एउटा पात्र हो । जो तबसम्म त्यहाँ रहन्छ जबसम्म ती सबै कण, जसको संयोजनले कुनै नयाँ यौगिक पदार्थ बन्न सक्तछ, एकत्रित हुँदैन’ (साहित्यमा इलियट र उनको सिद्धान्त, मौलो, पृ ३९) ।

विकल त्यस्ता स्रष्टा हुन् जसले सामाजिक संवेदनाहरू, अनुुभूूतिहरू, भावना र बिम्बमा संयोजन गर्ने अदम्य सामथ्र्य छ, यथार्थ घटननालाई भावना र शिल्पमा सजाउने क्षमता छ र लेखकीय समय÷सन्दर्भलाई वर्तमानमा निरूपण गरी भविष्यको आकृअिरूतिचत्र बनाउने प्रतिभा छ । त्यसैले उनका सिर्जनाले समय सन्दर्भको जीवनलाई उठाएर भविष्यको मार्गचेत दिएका छन् ।

विकल भन्ने गर्थे –स्रष्टा या त आफ्ना रचनामा बाँच्छ या त सन्तानको रगतमा । रमेश विकल आफ्ना कालजयी रचनामा मात्र होइन सन्तानको रगतमा मात्र होइन, सन्तानको रचनाकारिताले पनि उनको रचनाकारिताको वंश परम्परालाई तन्काउदै लगेको छ । उनका जेष्ठ सुपुत्र विजय चालिसे कथा, उपन्यास, निबन्ध, नियात्रा र बालसाहित्यमा स्थापित नाम हो । उनी अनि कुहिरो फाट्छ, अग्निचक्र, ओह–नेपारु सर्पदंशित मेरो वर्तमान, जीवनका बक्ररेखा, बादलका बुट्टाहरू लगायत करिव चार दर्जन सिर्जनाका सर्जक हुन् । अर्का सुपुत्र महेन्द्र चालिसेका अर्थहीन बलिदान (कथासङ्ग्रह), पाँच महादेश छिचोल्दै (नियात्रा), गौरवदादा धेरै जान्नुहुन्छ (बालसाहित्य) समेत करिव एक दर्जन सिर्जना गर्नु भएको छ ।

विकलका नाति आलोक चालिसे र पनातिनी आयुुषा चालिसेले पनि अघिल्लो पुस्ताको साहित्यिक पदचापलाई पछ्याइरहेका छन् । चार पुस्ता नै साहित्य सिर्जनामा लागेको संभवत यो नै पहिलो परिवार हो । यस अर्थमा विकलको पहिचान र प्रवृत्तिलाई परिवारका सदस्यले पनि विस्तार गरिहेका छन् । तर महान स्रष्टालाई परिवारको सन्दर्भमा उल्लेख गर्दा स्वयम् स्रष्टाप्रति अन्याय पुुग्न सक्छ । स्रष्टा सिर्जनामार्फत सबैको हुन्छ, सिर्जना पनि सबैका हुन्छन् । प्रवृत्ति र प्रयोगलाई विस्तार गर्ने क्रम निरन्तर हुन्छ । स्रष्टाको प्रवृत्ति विस्तारको सापेक्षमा सिर्जनाको सर्वजनीन र सर्वकालीन हुँदै जान्छन् । यसर्थ रचना र प्रयोगमार्फत सर्जक आफू बाँच्छ र समाजलाई पनि बचाउँछ । रमेश विकलको प्रयोग तथा प्रवृत्ति विस्तार र परिष्कारको क्रमले यही देखाएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }