शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउछौँ : शिक्षामन्त्री


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 204
    SHARES

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभएको छ । मंगलवारको राष्ट्रिय सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै शिक्षा मन्त्री खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता एने ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभएको हो ।

उहाँले आफू सो ऐन ल्याउने कुराप्रति अत्यन्तै सचेत रहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि दुवै कुरालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै छिटोभन्दा छिटो ति ऐनहरुलाई सांसदहरुको हातसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन पनि आउनुपर्छ भन्ने जुन कुरा छ त्यो कुराप्रति म एकदमै सचेत छु । सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा दुवै कुरालाई प्राथमिकताका साथ राखेको भएर आगामी दिनहरुमा विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐनमा शिक्षा मन्त्रालयले एकदमै तदारुकताका साथ काम गर्छ र ति माननीय सांसदहरु सम्म पु¥याउँछ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

उहाँले नेपाल विश्वविद्यालयको आवश्यकता अध्ययनका लागि विदेशिनुपर्ने बाध्यतालाई रोक्नका लागि भएको बताउनु भयो । विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षाको अवसर हुँदा नेपालको आर्थिक विकास हुने र अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }