शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाका ग्रामीण क्षेत्रमा बस सञ्चालन


  • माउन्टेन खबर
  • बुधबार, माघ १८, २०७९
  • 250
    SHARES

रसुवा । हिमाली क्षेत्रका गाउँमा बस सञ्चालनमा आएपछि यहाँका स्थानीयको लामो तथा छोटो दुरीको यात्रा सहज भएको छ ।

जिल्लाको लाङटाङ्बाहेक अन्य क्षेत्रका गाउँमा सडक निर्माण भइसकेकाले बस व्यावसायीले नियमित सेवा दिन थालेपछि जिल्लादेखि राजधानीसम्मको यात्रा सहज भएको स्थानीय बताउछन् ।

बस सञ्चालनमा आएपछि नियमित यात्रा गर्नका साथै एम्बुलेन्स सेवा, खाध्यान्न ढुवानी, विकास निर्माणका लागि आवश्यक मेसिनरी ढुवानी लगायतका काममा सहज भएको स्थानीयको भनाइ छ ।
उत्तरी रसुवाको टिमुरे, थुमन, तातोपानी, थाम्बुचेत, गतलाङ, हाकुबेँसी, दक्षिणी क्षेत्रको डाडाँगाउँ, ठूलोगाउँ, मनिगाउँ, कर्मिडाँडा, जिवजिवे, अम्बावास, भोर्ले, यार्सा सरमथली, पाटीखर्कलगायतमा नियमित बससेवा सञ्चालन भइरहेको स्थानीयको भनाइ छ ।

पूर्खाले भञ्ज्याङ चौतारीका गोरेटो तथा घोडेटो बाटोमा पैदलयात्रा गर्दथे तर अहिले सडक सञ्जाल विस्तार भएर बसबाट यात्रा गर्न थालेपछि दैनिकी सहज भएको बताइएको छ ।

काठमाडौँबाट बिहान छुट्ने बस साझ ५ बजेभित्र जिल्लामा पगिसक्ने स्थानीय चिरञ्जीवी पौडेलले बताउनुभयो । उहाँका अनुसार यातायातको सुविधाका कारण यहाँ प्रकृतिको अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढेको छ ।

भ्रमणका लागि डाँडागाउँ, ठूलोगाउँ, आम भन्ज्याङ, धैवुङ–घुम्तीबजार, हाकुबेँसी, तातोपानी, उत्तरी क्षेत्रको धुञ्चेलगायतका स्थान रहेका होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले  ले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }