
काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा केहिबेरअघि सुरु बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण यसअघि छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो ।