शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र प्रेमा चैत्र १७ गतेबाट प्रदर्शन हुने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १, २०७९
  • 203
    SHARES

काठमाडौं । चलचित्र प्रेमा चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुने बताइएको हो।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अरुण क्षेत्रीले फिल्म लकडाउनका बेलामा नै सुटिङ गरेको बताए। उनले फिल्म राम्रो रहेको र सबैले हेर्नुपर्ने फिल्म रहेको बताए।

फिल्मबाट धेरै कुरा सिकेको उनको भनाइ छ। त्यस्तै अभिनेत्री प्रेमा सुवेक्षा खड्काले आफ्नो लागि प्रेमा फिल्म इमोशन जोनी भएको बताइन्। उनले कोरोनाको बेलामा यस्तो फिल्ममा काम गर्न पाउनु राम्रो रहेको बताइन्।

चलचित्रको निर्देशक गोविन्द सिंह भण्डारी हुन्। फिल्ममा अभिनेता क्षेत्रीसँगै अभिनेत्री खड्का, श्रृष्टि श्रेष्ठ, विमला केसी, पुरन जोशी, हिउनवाला गौतम, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, मोहन थापा, सुरेन्द्र बसेल, विभाना थपलिया लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }