शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मस्को पुगेका सी र पुटिनबीच अनौपचारिक वार्ता


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ७, २०७९
  • 211
    SHARES

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन संकट अन्त्यका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङको १२ बुँदे प्रस्तावमा छलफल गर्ने बचन दिनुभएको छ ।

रुस भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्तापछि पुटिनले उक्त योजनामाथि छलफल गर्ने बचन दिनुभएको हो ।

पुटिनले युक्रेनसँगका जुनसुकै समस्या समाधानका लागि रुस वार्ता र संवादका लागि सधैं तयार रहेको पनि बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय न्यायका सिद्धान्तहरु पालना गरेको र हरेक देशका लागि सहयोगी भूमिका निर्वाह गरेको भन्दै पुटिनले चीनको खुलेर प्रशंसा गर्नुभयो । चिनियाँ राष्ट्रपति सीले भने पुटिनकै नेतृत्वमा रुसले विकास र ठूलो प्रगति गरेको प्रसँग उल्लेख गर्दैै रुसी जनताले सधैं पुटिनलाई साथ दिनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो ।

चिनियाँ राष्ट्रपतिको मस्को भ्रमणलाई लिएर विश्व समुदायबाट मिश्रित प्रतिक्रिया आएको छ । अमेरिका लगायत पश्चिमा जगतले शान्ति स्थापनाको नाममा चिनियाँ प्रस्तावमा नफस्न युक्रेनलाई सचेत गराएका छन् ।

युक्रेनको राष्ट्रिय सुरक्षा परिषदका सचिव आलेक्सी दानिलोभले चीनले रुसलाई हतियार आपूर्ति नगर्नेमा विश्वस्त रहेको भन्दै चीनले रुसलाई हतियार आपूर्ति गरेको खण्डमा त्यसको परिणाम भने नराम्रो हुने बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }