शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पशुपतिमा धार्मिक पर्यटकहरुको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १६, २०७९
  • 138
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरुको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोष हस्तान्तरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले पशुपति क्षेत्रमा मन्दिरमा पूजा गर्न जाने मात्रै नभइ पूजापछि विश्रामका लागि पनि बगैँचाहरुको निर्माण गरी व्यवस्थित गर्न जरुरी रहेको बताए ।

उनले पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने बताए ।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रमा भक्तजनका लागि धेरै उद्यान र प्रतिक्षालयको विकास र संरक्षण गर्न जरुरी रहेको बताए । उनले पशुपति क्षेत्रको विकासका लागि वृहत गुरुयोजना निर्माण गरी विशेष महत्वको आयोजनाका रुपमा अघि बढाउँदा स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभुत र अत्यावश्येक सेवासमेत व्यवस्थित गर्न आवश्यक रहेको बताए ।

पशुपति क्षेत्रलाई मन्दिर दर्शन गरेर फर्किने मात्रै नभइ लामो समयसम्म बस्नसक्ने वातावरण बनाउनसके अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिने राष्ट्रपति पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }