आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्रमा अभिनय नगरेकाहरुको संघको सदस्यता खारेज हुने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २९, २०७९
  • 252
    SHARES

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरुको सदस्यता खारेज गर्ने बताए । उनले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि स्पष्ट पारे ।

उनले सदस्य बनेकाहरुले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यहरुले अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रहरुको बारेमा जानकारी दिन आग्रह गरे ।

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकार एक भएर नेपाली चलचित्रको विकास र सहकार्यमा हातेमालो गर्नुपर्ने बताए ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले स्टारडमको नाममा कलाकारहरुले ७० लाखसम्म पारिश्रमीक बढाएको भन्दै कलाकारसंघले न्युनतम पारिश्रमीक तोक्नुपर्ने माग गरे । उनले आफूलाई स्टारडमबाट कमाइन्छ भन्ने विश्वास भए निर्मातासँग मिलेर आधा लगानी गर्न चुनौति दिए ।

त्यस्तै नेपाली चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले कलाकार संघले नागरिकता अनुसार ७० वर्ष नाघेका चलचित्र कलाकारहरुलाई निःशुल्क आजीवन सदस्य बनाउने निर्णय संघले गरेको बताए ।

महासचिव श्रेष्ठले कलाकारका हीत र चलचत्रि उद्योगको प्रवद्र्धनका लागि कलाकार संघ सदैव तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)