शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तनहुँको समृद्धिका लागि भट्टराईलाई मत दिन अपिल


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २, २०८०
  • 190
    SHARES

दमौली ।  तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन बाम लोकतान्त्रिक गठवन्धनले अपिल गरेको छ । गठवन्धनमा आबद्ध दलहरूको बैठकले तनहुँ जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व विकास दिन, सुशासन र सदाचार स्थापना गर्न लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार भट्टराईलाई जिताउनको विकल्प नभएको बताएको छ ।
नेपाली काङ्ग्रेसका सभापति जितप्रकाश आले , नेकपा माओवादि केन्द्रका ओमराज आले , नेकपा एकीकृत समाजवादीका मनुमाया श्रेष्ठ र जनता समाजवादी पार्टीका अर्जुन गुरूङ द्वारा संयुक्त रूपमा प्रकाशि त बिज्ञप्तिमा जनाइए अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन पनि भट्टराईलाई जिताउनुपर्ने बताए । सात दशक भन्दा लामो नेपाली जनताको संघर्ष र बलिदानले स्थापित भएको बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा , स्थायित्व र विस्तृत शान्ति प्रक्रिया एवम् संक्रमणकालिन न्याय लगायत पूरा गर्न भट्टराईलाई मत दिएर जिताउन अपिल गर्दछौं विज्ञप्तिमा भनिएको छ । नेपाली जनताको समृद्धिको लागि वर्तमान बाम लोकतान्त्रिक गठवन्धन दलहरू एक आपसमा राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्न एकता भएर अगाडि बढ्ने केन्द्रीय नीतिअनुसार बैसाख १० गतेको निर्वाचनको लागि गोविन्द भट्टराईलाई लिएर आएका छौँ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा होमिएको, विद्यार्थी आन्दोलनले खारिएको एक सशक्त योद्धा भट्टराई भएकोले उहाँलाई विजयी गराउनुहुन अनुरोध गर्दछौं, गठवन्धनले अपिल गरेको छ ।

बजारमा विभिन्न हल्ला र अफवाह भइरहेको बेला गठवन्धनले संयुक्त विज्ञप्ति मार्फत क्षणिक आवेग , लोभ र प्रलोभनमा परेर होइन यथार्थ धरातलमा उभिएर तनहुँ जिल्लाको विकास र समृद्धिका लागि गोविन्द भट्टराईलाई मतदान गरि विजयी गराउन आब्हान गरेसँगै भट्टराईलाई चुनावमा सहज ठानिएको छ ।

गठबन्धन नेताहरुको सक्रियता
हाल गठबन्धनका नेताहरु भट्टराईलाई विजयी गराउन स्थानीयस्तरमा सक्रिय भएर लागेका छन् । माओवादी केन्दका नेता हरिबहादुर चुमानदेखि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठ तथा प्रतापलाल श्रेष्ठसम्म सक्रिय भएर लागेका छन् । स्थानीय कमिटी परिचालनका लागि माओवादी केन्द्र महासचिव देव गुरुंग पनि तनहुँ आउँदैछन् । यस क्षेत्रबाट यसअघि विजयी नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठ पनि चुनावी माहोल बनाउन दमौली आउने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }