शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा सहज बन्दै डायलासिस सेवा


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ११, २०८०
  • 200
    SHARES

गण्डकी । गण्डकी प्रदेशभित्रै निःशुल्क डायलासिस सेवा लिने बिरामी पाँच सय ७६ जना छन् तर ३ सय ३ जना अहिले पनि डायलासिसका लागि बाहिरका अस्पताल पुग्छन् । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी नौ र निजी ६ गरी १५ वटा स्वास्थ्य संस्थाले डायलासिस सेवा दिँदै आएका छन् । मिर्गौलाका बिरामीको बढ्दो चापलाई ती अस्पतालको क्षमताले मात्र धान्नसक्ने स्थिति छैन । पालो कुर्दा पनि सेवा पाउन नसकेपछि बिरामी अन्यत्र जान बाध्य भएका हुन् । स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले ३ सय ३ बिरामी प्रदेशभित्रै डायलासिस सेवा लिन पर्खाइमा रहेको बताए ।

सबै बिरामीलाई प्रदेशमै सहजरूपमा डायलासिस सेवा प्रदान गर्न स्वास्थ्य संस्थाको क्षमता विस्तार गर्न थालिएको र मनाङ तथा मुस्ताङबाहेकका जिल्लामा डायलासिस सेवा पुगिसकेको उनको भनाइ थियो । कास्कीस्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा २५ श्यया क्षमताको डायलासिस केन्द्र स्थापनाका लागि प्रक्रिया अगाडि बढेको निर्देशक खड्काले जानकारी दिए ।

‘केन्द्रलाई चाहिने जनशक्ति व्यवस्थापन गरिसकेर अहिले तालिममा पठाएका छौँ, डायलासिसका उपकरण खरिदका लागि बोलपत्र भइसकेको छ’, निर्देशक खड्काले भने, ‘तीन महिनाभित्रमा डायलासिस केन्द्र सञ्चालनमा आउँछ, जिल्ला अस्पतालमा पनि उपकरण र जनशक्ति थप्छौँ ।’उक्त केन्द्र सञ्चालनमा आएपछि प्रदेशभित्रै डायलासिसका लागि प्रतिक्षा गरिहेकाको संख्यामा शून्यमा झर्ने बताइएको छ । बागलुङस्थित धवलागिरि अस्पतालबाट अहिले ४३ जनाले डायलासिस सेवा लिइरहेका छन् ।

पाँच वटा मात्र उपकरण रहेकाले पालो बाँडेर सेवा दिनुपर्ने अवस्था रहेको अस्पतालका प्रमुख चिकित्सक अमित ढुंगानाले बताए । ‘अझै १२÷१३ जना बिरामी डायलासिस सेवाको पर्खाइमा हुनुहुन्छ’, उनले भने, ‘बिरामीको संख्याअनुसार स्रोतसाधन र उपकरणको अपुगता छ ।’

पाँच वर्षअघि धवलागिरि अस्पतालले डायलासिस सेवा सुरु गरेको थियो । जिल्ला तहमै निःशुल्क सेवा पाउन थालेपछि बिरामीले राहतको महसुस गर्न थालेका छन् । बिरामीको संख्याको तुलनामा अस्पतालमा श्यया र उपकरणको भने अझै कमी छ । प्रदेशअन्तर्गतका सबै अस्पतालको क्षमता बढाएर मिर्गौलाका सबै बिरामीलाई सहजरूपमा डायलासिस सेवा प्रदान गर्ने योजनामा प्रदेश सरकार छ ।

मिर्गौला रोगका बिरामी बढ्न थालेपछि डायलासिस सेवा विस्तारलाई प्रदेश सरकारले प्राथमिकता दिएको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले बताए । पोखरामा सुरु हुन लागेको २५ श्ययाको डायलासिस केन्द्रका लागि चाहिने स्वास्थ्यकर्मीको दरबन्दी सिर्जनासमेत भइसकेको उनको भनाइ छ ।

जिल्ला अस्पतालको क्षमताले नभ्याएपछि प्रदेश राजधानी पोखरामा डायलासिस गर्नुपर्ने बिरामीको चाप बढ्दो छ । डायलासिस सेवा प्रदेशबाटै लिन प्रतिक्षामा बसिरहेका बिरामीको संख्यालाई शून्यमा झार्ने लक्ष्यसहित सरकार सेवा विस्तारमा लागेको हो । शुक्रबार सार्वजनिक गरिएको प्रदेश सरकारको सय दिनका उपलब्धिमा डायलासिस सेवा विस्तार पनि उल्लेख छ । नेपाल सरकारले ६ वर्षअघि डायलासिस सेवालाई पूर्ण निःशुल्क बनाउने घोषणा गरेका थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }