बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १२, २०८०
  • 158
    SHARES

काठमाडाैं । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई गण्डकीमा कांग्रेसको नेतृत्वका सरकार बन्ने पक्कापक्की भएको हो ।

यसअघि नहुँको उपनिर्वाचनलाई लिएर माओवादीले मुख्यमन्त्री दाबी गर्दै आएको थियो । तर कांग्रेसका २७ जना सांसद उक्त दाबी विरुद्ध काठमाडौँमा डेलिगेसन लिएर पुगेपछि यस्तो सहमति भएको हो। अहिले २ वटा प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरिहेकाले गण्डकी र लुम्बिनीमा कांग्रेसले नेतृत्व गर्ने निर्णय गरिएको हो ।

यी दुवै प्रदेशमा संविधानको धारा १६८ को २ अनुसार सरकार बन्ने भएको छ । धारा ३ मा जाँदा लुम्बिनीमा अप्ठेरो पर्ने र १ महिनाका लागि भए पनि एमाले नेतृत्वकाे सरकार बन्ने भएपछि गण्डकीमा २ अनुसार नै जाने सहमति प्रचण्ड र देउवाबीच भएको छ ।

गत शनिबार मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत गुमाएपछि गण्डकीमा कामचलाउ सरकार छ । पुस २५ गते माओवादी र राप्रपा समेतको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका थिए। तर फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनका कारण पुरानो गठबन्धन टुट्यो र नयाँ समीकरण बन्याे । सोही समीकरणका कारण शनिबार अधिकारीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २४ मत परेको थियो भने विपक्षमा ३५ मत परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }