आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘द कपिल शर्मा शो’मा कमब्याक गर्दै कृष्णा अभिषेक


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १३, २०८०
  • 321
    SHARES

एजेन्सी । कमेडियन कृष्णा अभिषेक ‘द कपिल शर्मा शो’मा फर्किँदैछन् । हालै एक मिडिया अन्तर्वार्तामा उनले कपिल शर्मा शोमा कमब्याक गर्न लागेको कुरा पुष्टि गरेका थिए । शोमा फर्किएपछि कृष्णा अभिषेकले सोको भिडियो क्लिप सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

भिडियो सेयर गर्दै कृष्णले लेखेका छन्– शोमा फर्केर पाउँदा खुसी छु । यस सप्ताहन्तदेखि, सपनासँग हरेक हप्ता हास्यास्पद कमेडी हेर्न तयार हुनुहोस् । भिडियोमा सपना फिल्म ‘मैने प्यार किया’को गीत दिल दिवानामा भुइँमा कुखुरा लाएर नाच्दै छिन् ।

कृष्णा अभिषेकको यो भिडियोमा फ्यानहरुले लगातार कमेन्ट गरिरहेका छन् । भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्– लामो प्रतीक्षापछि तपाई फर्किनुभयो ! त्यही क्रममा एक प्रयोगकर्ताले लेखे- अब रमाइलो हुनेछ !

च्यानलसँगको सम्झौताको विवादका कारण उनले शो छोडेका थिए । अन्तर्वार्तामा कृष्णाले सम्झौतामा रहेको समस्या अहिले समाधान भएको बताए । उनले पैसाको विषयमा पनि विवाद समाधान भइसकेको र अब ठेक्कामा कुनै आपत्ति नरहेको बताए । कार्यक्रममा कृष्णा सपनाको भूमिका निभाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)