आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल जारी छ : अध्यक्ष केसी


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १३, २०८०
  • 240
    SHARES

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताउनुभएको छ । बुधवार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने प्रतिवद्धता जनाएको बताउनु भयो । उहाँले चलचित्र निर्माणका लागि विकास बोर्डले आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र विकास बोर्डले कहाँ सहयोग गर्नुपर्ने हुन्छ चलचित्र विकासका लागि त्यो सहयोग गर्न हामी तयार छौँ । चलचित्र ऐन बनाएर हामीले मन्त्रालयमा बुझाइसकेका छौँ, मन्त्रालय र मन्त्रीज्युले यसलाई सक्दो चाँडै कार्यान्वयनमा लैजाने आश्वासन दिनुभएको छ ।’

अध्यक्ष केसीले सरकार, सम्बन्धित निकाय र कलकार तथा सञ्चारमाध्यम सबै मिलेर चलचित्र विकासमा सहयोग गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)