शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज हुँदै


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १९, २०८०
  • 141
    SHARES

काठमाडौँ । निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो । आज बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।

फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । हिजो यूएईले २७।३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

टस हारेर ब्याटिङ गरेको यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }