आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेफ्टा चलचित्र अवार्ड साउनमा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २१, २०८०
  • 260
    SHARES

काठमाडौँ । आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ ९नेफ्टा० को चलचित्र अवार्डको मिति सारिएको छ ।अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को एघारौँ संस्करण मी साउन ६ गते हुने सङ्घले जनाएको छ । “हाम्रो तयारीका लागि समय अपर्याप्त भएकाले मिति हेरफेर गरेका हौँ, अर्को मितिमा अवार्डलाई थप समावेशी, वृहत र सफल तुल्याउन सजिलो हुनेछ”, नेफ्टा अध्यक्ष पुस्कर लामाले भन्नुभयो ।

नयाँ तालिकाअनुसार यही वैशाख ३१मा अवार्डका लागि सर्वश्रेष्ठ पाँचजनालाई मनोनयन गरिएको घोषणा गरिनेछ । “उत्कृष्ट पाँचमा रहने चलचित्रकर्मीले अवार्डमा सहभागिता जनाउेछन् ।

“हामी अवार्डलाई भव्यरूपमा सम्पन्न गर्दै नेपाली कला, संस्कृतिमार्फत चलचित्रको बजार विस्तारसमेत गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो । अध्यक्ष लामाका अनुसार २०७९ सालभित्र प्रदर्शन भएका चलचित्रले बयालिस विधामा प्रतिस्पर्धा गर्नेछन् । नेफ्टाका विदेशी संस्करण युएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)