शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सलमान–शाहरुखलाई एकै दृश्यमा उतार्न ५६ करोड खर्च गर्दै आदित्य चोपडा


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २२, २०८०
  • 169
    SHARES

एजेन्सी । सिद्धार्थ आनन्द निर्देशित शाहरुख खानको फिल्म ‘पठान’ मा सलमान खानको क्यामियो सीनले निकै चर्चा पाएको थियो । केही समयको लागि, तर जब दुबै स्टारहरू स्क्रिनमा एकसाथ देखा पर्‍यो, हल सिट्टीले गुन्जियो ।

अब फेरि एकपटक फिल्म ‘टाइगर ३’ मा दर्शकले यी दुई स्टारलाई एकसाथ हेर्न पाउनेछन् । रिपोर्टका अनुसार सलमान–शाहरुख फिल्मको स्पेशल सिक्वेन्सको सुटिङ मे ८ मा गर्दैछन् । यसका लागि निर्माताहरूले पानीजस्तै पैसा पनि खन्याइरहेका छन् ।

सलमान खानको ‘टाइगर ३’ मा उनको र शाहरुख खानको स्पेशल सिक्वेन्स फिल्मको जीवन हो । यो कुरा निर्माताहरुले पनि राम्ररी बुझेका छन् । यही कारणले गर्दा उनीहरुले यो दृश्यका लागि व्यापक तयारी गरिरहेका छन् र यसको बजेट पनि निकै बलियो राखिएको छ ।

मिडिया रिपोर्टका अनुसार दर्शकले उक्त दृश्यमा शाहरुख र सलमान खानको एक्सन हेर्न पाउनेछन् । आदित्य चोपडाले यसका लागि करिब ३५ करोड (नेपाली ५६ करोड) रुपैयाँ खर्च गरिरहेका छन् । जब शाहरुख र सलमान खान एउटै फ्रेममा हुन्छन्, त्यो दर्शकका लागि पनि उत्कृष्ट अनुभव हो । ‘पठान’ मा पनि यस्तै भएको थियो र त्यो फिल्ममा सबै कुरा मिलाएर अब आदित्य चोपडा ‘टाइगर ३’ लाई अर्को लेभलमा लैजाने तयारीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }