बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १०, २०८०
  • 220
    SHARES

काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले आज यहाँ पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली क्षेत्रमा चली आएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिनुभयो । “चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ,”– उहाँले भन्नुभयो ।

चलचित्र डोल्पा जिल्लाको शे–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको निर्माता लामाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा चलचित्र निर्देशक देवजङ्ग थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, वरिष्ठ कलाकार कृष्ण मल्ल, जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष एवम् सम्पादक रामजी बगाले, फेसियल हाउसकी सञ्चालक सुष्मा महरालगायतले चलचित्र सफलताको शुभकामना दिनुभएको थियो ।

चलचित्र निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गर्नुभएको छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा हुनुहुन्छ । चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गर्नुभएको छ ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }