बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र निरफूलको पत्रकार सम्मेलनपछि दयाहाङ : जीवन्त अभिनय गर्न पाएँ


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १३, २०८०
  • 161
    SHARES
काठमाडौं । सामाजिक कथावस्तुमा आधारित चलचित्र जेठ २६ गतेबाट देशभर प्रर्दशन हुने भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराइएको हो ।
निर्माण सम्पन्न भएको ५ वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रमा भूकम्प,भूकम्पपछिको स्थिति, नागरिकले व्यहोर्नुपर्ने समस्या र सास्तीलाई कथावस्तुमा उतारिएको छ । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आफूलाई
जीवन्त रहीराख्ने चलचित्रमा अभिनय गर्न मन लागेको र यही चलचत्रिमा सो अवसर पाएको बताउनु भयो । उहाँले चलचित्रले समाजको कथावस्तु, भूकम्पका बेलाको वस्तुस्थिति र नागरिकका समस्यालाई विशेष उठान गरिएको बताउनु भयो । त्यस्तै अभिनेता बुद्धि तामाङले प्राकृतिक विपद् भन्दापनि समाज र समाजका मानिसहरु झनै विपद् भन्दा चर्का छन् भन्ने कुरालाई चलचित्रमा देखाइएको बताउनु भयो ।

चलचित्रमा भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको संघर्षलाई देखाइएको छ । चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय छ । रुवि भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्र निरफूलमा सचिन घिमिरे एसोसिएट निर्देशक रहनुभएको छ भने प्रमोद कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }