शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

११ औं एनएसए कप पौडी आईतवारबाट हुने


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • 122
    SHARES

काठमाडौं । ११ औं एनएसए कप पौडी प्रतियोगिता आईतवारबाट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा हुने भएको छ।

नेपाल पौडी संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर वार्षिक कार्यक्रम अनुसारको ११ औं एनएसए कप पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। दुई दिने प्रतियोगितामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्रचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगितामा पुरुषतर्फ १७० जना र महिलामा ९० जना गरी कुल २६० खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। खुला समूहतर्फ २८ स्वर्ण र उमेर समूहमा ३६ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ।

प्रतियोगिताबाट आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एशियाली खेल अन्र्तगत पौडी विधामा खेलाडी छनोट समेत हुनेछन्। एसियाली खेलकुद प्रतियोगिता आगामी सेक्टेम्बर २३ देखि अक्टोवर ७ तारिक आयोजना हुने तालिका रहेको छ। प्रतियोगितामा नेपाली २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनोट गरिने संघले जनाएको छ। यस्तै २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरु यसै प्रतियोगिताबाट मित्र राष्ट्र जापानको फुकुहवा शहरमा हुने च्याम्पियनसिपका लागि छनोट हुनेछन्।

संघले खुलातर्फ उत्कृष्ट १÷१ महिला तथा पुरुष खेलाडीहरुलाई जनही १०/१० हजार हौसला स्वरुप पुरस्कार प्रदान गर्ने समेत जनाएको छ। त्यस्तै सबै उमेर समूहका खेलाडीहरुलाई ३/३ हजार पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा विराटनगर, वीरगञ्ज, नेपालञ्ज तथा उपत्ययकाका विभिन्न ३६ विद्यालयहरुले सहभागिता जनाउनेछन्। उमेर समूहको प्राप्त नतिजाको आधारमा उत्कृष्ट ३ विद्यालयलाई प्रथम, द्तििय र तृतीयको रुपमा टिम च्याम्पियन ट्रफी प्रदान गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }