आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय अभिनेत्री भाग्यश्री भन्छिन्: नेपालको सुन्दरताले मलाई लोभ्यायो


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २२, २०८०
  • 294
    SHARES

काठमाडौ । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ। आइतवार काठमाडौंस्थित एक होटलमा ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण सम्पन्न भएको हो।

फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम पहिलोपटक भारत बाहिर आयोजना भएको हो। समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

अवार्ड प्रदान गर्न भारतीय अभिनेत्री भाग्यश्री, रञ्जित, विन्दुदारा सिंह लगायतका भारतीय चर्चित कलाकारहरु नेपालमा आएका थिए। अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई अझ बलियो बनाएको बताइएको छ। कार्यक्रममा बोल्दै भारतीय अभिनेत्री भाग्यश्रीले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन्। उनले नेपालीहरुले माया गरिरहे पुनः आफू परिवारसँग नेपाल घुम्न आउने बताइन्।

उनले भनिन्, ‘नेपालको सुन्दरता र विश्वभरमा चर्चा छ, मैले यहाँ थोरै मात्रै देखेको छु। तर म नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)