
एनआरएनएको सदश्यमा ७० वर्षीय महिलाको उम्मेदवारी
एन आर एन ए को २०२३-२०२५ को चुनावमा ७० वर्षीय महिला रीतादेवी प्रधानले उम्मेदवारी दिनुभएको छ । काठमाण्डौको मरुटोलको नेवारी परिवारमा जन्मेकी प्रधान हाल नर्दर्न क्यालिफोर्नियाको सन्फ्रान्सिस्कोमा सपरिवार बस्दै आउनुभएको छ ।
अमेरिकाका बिभिन्न सँघ सँस्थामा बिभिन्न ओहोदामा बसेर काम गरी सकेको अनुभवले एन आर एनमा बसेर काम गर्ने जोस र हिम्मत आएको छ। बिगतमा आला काँचा पदाधिकारीहरूको कार्य क्षमता अपुग भएर एन आर एनले सहि दिसामा पुर्याउन नसकेर सँस्था फुटको स्थिती सामना गर्नु परेको गुनासो छ उनी सँग । “एउटा सदश्यले योजना बनाउने कार्यमा निर्णयक भूमिका नहुने भएतापनी नराम्रो हुन बाट बच्चाउँन अबश्य सकिन्छ” भन्नु हुन्छ ।
२०२८ देखि साहित्य लेखनमा सकृय प्रधान नेपालमा महिला वातावरण समूह, कोपुण्डोल, कालिमाटी क्लीनिक, रोटरी क्लब, नेपाल लगायत थुप्रै संघरसंस्थामा संलग्न थिइन् । साहित्यकार प्रधानका तरंगहरू मनका, २०६३, अन्धविश्वासभित्रका विश्वासहरू, नेपाली, अंग्रेजी र नेपालभाषामा नवाइम्ह छुं, प्रथम सचित्र बाल उपन्यास, नेपालभाषामा खनाखँ कथासंग्रह, नेपालभाषामा फय्वःगु लँयइकु संग्रह नेपालभाषामा कछला, लगायत दर्जनौ कृतिहरु प्रकाशनमा आएका छन् ।
नेपालको पहिलो बजेट लेखनमा याृगदान पुर्याएका उहाँ बुवा स्व हिरण्यध्वज जोशी द्वारा प्रेरित प्रधान समाजका लागि योगदान गर्न सदैब कृयाशील रहँदै आउनु भएको छ । उहाँ नेपाली भाषा साहित्यमा अदृश्य र अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी लेख्ने पहिलो व्यक्तिको रुपमा पुरस्कृत साहित्यकार हुनुहुन्छ भने नेवारी साहित्यमा सचित्र बाल उपन्यास लेख्ने प्रथम उपन्यासकार समेत हुनुहुन्छ ।
रगतमै बगिरहेको समाजसेवा भाव र जीवनको ७० बर्ष पार गर्दा सम्ममा देखाई, भोगाई र गराईको अनुभवले सिकेको ज्ञान र सँगठन सँचालन गर्ने सिप र क्षमताले २०२३ -२०२५को कार्यसमितिमा लगाउँंने छु। सदश्य पदमै रहेर पनि पतिबर्तनको चाहनामा रहेको एन आर एन ए को नयाँँ नेत्रित्व लाई सबैको साझा चौतारीको रूपमा गोलबन्द गराँदै एउटा उचाईमा पुर्याउँने लक्षलाई आफ्नो बर्कतले भ्याए सम्म साथ, सहयोग र समर्थन रहने छ । मेरो यो प्रतिबद्धतालाई सिथिल ब्रिद्धाको रूपमा नलिएर अनुभवी र परिपक्क सोचको भण्डार खस्किँदै गएको सँस्थाको साख् बढाउँन उपयोगी हुने कुरा बुझेर हजुरहरूको एक भोट आफूलाई दिनुहोला भनी अनुरोध गर्नु भएको छ ।