मङ्लबार, अशोज १६, २०८०

पहिरोले लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ९, २०८०
  • 75
    SHARES

बुटवल । वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् ।

पहिराले बुटवल-पाल्पा, गोरुसिंगे-सन्धिखर्क, राम्दी-रामपुर र भालुबाङ -प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

 

कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल(पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ ।यस्तै रम्भा गाउँपालिका १ सांदीखोला नजिक पहिरो खस्दा राम्दी(रामपुर सडक अवरुद्ध भएको छ ।

अर्घाखाँचीको शीतगंगा(१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिंगे(सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ ।यस्तै प्युठानको माण्डवी(गर्जेनीमा पहिरा खस्दा भालुबाङ -प्युठान सडक अवरुद्ध भएको डीएसपी होमबहादुर थापाले जानकारी दिए ।

भारी वर्षाका कारण पाल्पा हुँदै रुपन्देहीमा बग्ने तिनाउ नदीले जल सतहले खतराको तह पार गरेको छ । स्थानीयका अनुसार तिनाउ नदीमा धेरै वर्षपछि सबैभन्दा ठूलो बाढी आएको छ । सोही कारण मौसम विज्ञान विभागले मध्यान्ह १२ बजेसम्म तिनाउ नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ