शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जिम्मेवारी 


  • माउन्टेन खबर
  • बुधबार, साउन २४, २०८०
  • 336
    SHARES
– शिव बहादुर बस्नेत
सबै तह तप्कामा आसिन व्यक्तिहरुले आफ्नो जिम्मेवारी, कर्तव्य समेत ईमान्दारिता राम्रोसँग पालना गर्ने हो भने यो देशमा चट्टान पट्ट फुटेर गुलाफको फुल फुल्छ अर्थात विकास हुन्छ भन्ने कुरामा दुईमत नहोला । आजको अवस्थामा काठमाण्डौंको मेयर साफ धरानका मेयर साफहरुले राम्रो नै काम गरि रहनुभएको छ । संसद भवनमा पनि आफ्नो कुरालाई निडर भएर राख्ने युवा सांसदहरु चुनाव जितेर जानुभएकै छ । संसार हो यहाँ राम्रो काम गर्नेको पनि विरोध गरेकै हुन्छ । हाम्रो दायाँ पट्टीको दिमागमा सकारात्मक कुरो चल्छ भने बायाँ पट्टीको दिमागले नकारात्मक कुरो चल्छ त्यसैले कुनैबेलामा मानिस सकारात्मक सोच भएर आफ्नो काम जिम्मेवारी पुरा गरि रहेका हुन्छन् भने कुनैबेला मानिस नकारात्मक सोच लिएर काम गरि रहेका हुन्छन् । सकारात्मक सोच भएर काम गर्नेहरुको जीवन फलदायी आनन्दमय बित्दै जान्छ भने नकारात्मक सोच बनाएर काम गर्नेहरुको जीवन अलि तनावयुक्त हुन जान्छ ।
जैसा अन्न वैसा मन भनिन्छ । सात्वीक भोजन ः (फलफुल, दुध) राजसी भोजन ः (तातो, पिरो, मसलादार) तामसी भोजन ः (मासु, रक्सी, सूर्तिजन्य पदार्थ) यसरी भोजनको बर्गिकरण गरे । सात्वीक भोजन गर्दा सकारात्मक कुराहरु सोचिन्छ, राजसी भोजन गर्दा कर्ममा धेरै परिश्रमी मानव हुनजान्छ । तामसी भोजन गर्दा नकारात्मक सोचको विकास हुनजान्छ । यसरी भोजनको व्याख्या गरे । सत्वगुणी ः स्वर्गलोक, रजोगुणी ः मनुष्यलोक, तमोगुणी ः नर्क लोक । जीव मर्ने बेलामा सत्वगुणी भएको बेला मृत्यु भए स्वर्गलोक प्राप्त हुन्छ । रजोगुणी भएको बेलामा मृत्यु भए मनुष्यलोकमै मानव भएर जन्मन्छ र तमोगुणी भएको बेला जीव मृत्यु भए भुतप्रेत, पिचास योनीमा जन्म लिन पुग्छ ।
हाम्रो मानव शरिरभित्र जीव (आत्मा) र परमात्मा (भगवान) साक्षीको रुपमा बसेका हुन्छन् । हाम्रो राम्रो काम र नराम्रो काम गरेको भगवानले नोट गरि रहेका हुन्छन् । ८४ लाख योनीबाट जन्मेका जीवात्माहरुको हृदयमा भगवान साक्षीको रुपमा बसेका हुन्छन् । ३० लाख पशु योनी चारखुट्टा टेकेर हिड्ने, २० लाख रुख विरुवा सानो, ठूलो, १० लाख पन्छी हावामा उड्ने ११ लाख छोटे छोटे किरा ९ लाख पानीमा बस्ने जीव, ४ लाख मनुष्यको प्रजाती । गीतामा भगवान श्रीकृष्णले भनेका छन् । म सब प्राणीमा समभावबाट व्यापक छु, न मेरो कोही प्रीय छ जस्ले श्रद्धा पूर्वक भज्दै मलाई सम्झन्छ त्यो म मा र म त्यसमा प्रत्यक्ष प्रकट छु भनेर भनेका छन् । ८४ लाख योनीबाट जन्मेर अनेक दुःख कष्ट सहेपछि मात्र भगवानले मेरो भक्ति गरिहाल्छ कि, भक्ति गरेर मेरै धाम गोलोक आईपुग्छ कि भनेर मानवदेह दिन्छन् । साह्रै उत्कृष्ट हाँस्न सक्ने चोला हो यो मानवदेह त्यसैले तन, मन, धनले भगवानको सेवा गरौ ।
गीतामा नै भगवानले भनेका छन् जो सबै कर्म गर्दै सबैलाई मित्रवत व्यवहार गर्छ त्यो नै मलाई पाउँछ । एकचोटीको प्रसंग के थियो भने श्रीकृष्णसँग सबै साथीहरु खेल्थे, जिस्कन्थे पछि गएर द्धारका पुगेपछि द्धारकामा भगवान राजा भए । सबै साथीहरु भेट्न भनेर गएका थिए । ठूलो सिंहासनमा श्रीकृष्ण विराजमान थिए । सबै साथीहरुले नमस्कार गरेर बसीरहनु परेको थियो त्यत्तिकैमा एउटा साथीले अर्को साथीलाई भन्यो ए हाम्रा साथी कृष्ण राजा भएछन् नमस्कार गरेर बसिरहनु प¥यो जाउँ हिड साथीहो भनेर सबै उठेर हिडेछन् । साथीभाव भनेको संसारमा ठूलो भाव हो । छोराछोरी पनि १६ वर्ष पुगेपछि साथी नै बनाउनु पर्छ । माता पिताले १६ वर्ष नपुग्दा सम्म हरेक राम्रो संस्कार दिएर साथी बनाउन योग्य पार्ने हो । (असल साथीमा पनि आफ्नो गुहिय (गोप्य) कुरा नखोल्नु किनभने साथी रिसाको बेलामा उसले गोप्य कुरा खोलीदिन्छ, – चाणक्य नीतिमा उल्लेख) । साथीहरु पनि ३ वर्गका हुन्छन् । (क) (ख) (ग) क वर्गका साथीहरु लंगोटे यार हुन्छन् । जन्म देखि मृत्युसम्ममा सुख र दुःखमा साथ दिने । ख वर्गका साथीहरु स्कूल र कलेज पढ्दाका हुन्छन् । पछि गएर घनिष्ट पनि बन्न सक्छन् । ग वर्गका साथीहरु हाई, हेल्लो, बाई खालका हुन्छन् ।
अब २०८४ सालमा एकपटक स्वतन्त्र पार्टीलाई २ तिहाई बहुमतले चुनाव जिताएर संसद भवन छिराउन सके विकास, सिष्टम (प्रणाली) ले काम गरे राम्रो हुने हो कि अर्थात धेरै गरिवीको चपेटामा परेका जनताहरुले राम्रो शासन भएको महसुस गर्न पाउने थिए कि ? देशमा कायापलट हुन्छ कि ? रोजगारीको अवस्था सृजना गर्न नसकेर धेरै युवाहरु विदेश पलायन भईरहेका छन् । बिडम्वना । कर्मचारीतन्त्रमा कर्मचारीहरुलाई ना.सु. स्तरका ५० वर्ष नाघेकाहरुलाई निवृत्तभरण उपलब्ध गराई सरकारी कामबाट विदा दिए युवाहरुले रोजगारी पाउने थिए कि ? अधिकृतस्तर देखि उप सचिवको जागिरे जीवन  जीवन ५५ वर्ष लागेपछि अवकास दिने व्यवस्था सरकारले ल्याउनु पर्छ । सहसचिवको अवकास ५८ मा र सचिवको ६० मा गर्दा उचित हुन्छ कि यो लेखकको व्यक्तिगत विचार हो । वास्तबमा कर्मचारी भनेकै स्थायी सरकार हो ।
हामीले कुनैपनि व्यक्तिले खाएको, लाएको, घुमेको, हाँसेको मात्र आफ्नो हो । अरु धन संम्पत्ति, जग्गा जमिन, सुन चाँदी, हिरामोती, मोटर सबै भौतिक वस्तु छोडेर जानुपर्छ । एकदिन आफ्नो शरिर छोडेर मृत्यु भई जानुपर्छ । त्यसैले काम, क्रोध, लोभ, मोह, अहंकार मध्ये सबैभन्दा ठूलो बिमारी लोभ त्यागेमा सबैलाई आनन्द प्राप्त हुन्छ र परम शान्तिको अनुभूति गर्नेछ । संसारका हरेक प्राणीहरुले शान्ति र आनन्द प्राप्तीको लागि नै दौडिरहेका हुन्छन् । भगवानले हामीलाई दिएको आनन्द गर्ड गिप्ट । आनन्द कुन कुराबाट हामीलाई प्राप्त हुन्छ ः भोजनबाट आनन्द प्राप्त हुन्छ । हाछिउ गर्दा एक प्रकारको आनन्द प्राप्त हुन्छ त्यस्तै निद्रामा रहँदाको वखत आनन्द हुन्छ, बाथरुम गएर पिसाफ फेर्दा दिशा गर्दा आनन्द हुन्छ । हामीले श्रोत्रिय ब्रम्हनिष्ठ गुरुको आज्ञाले भगवान राधाकृष्णको साधना गर्दा गर्दै जुन दिब्य ज्ञान गुरुबाट प्राप्त गर्छौ त्यसपछिको आनन्द कहिल्यै समाप्त नहुने आनन्द मानिन्छ । जसलाई (भगवद) प्राप्ती भनिन्छ । सत्ययूगमा मानिसको आयु १ लाख वर्षको हुन्थ्यो । त्रेतायुगमा मानिसको आयु १० हजार वर्षको हुन्थ्यो । द्धापरयुगमा मानिसको आयु १ हजार वर्षको हुन्थ्यो । अहिले कलियुगमा मानिसको आयु १०० वर्ष छ । धेरै बाँचे ८० वर्ष होईन भने अगाडि नै खसी हुन्छ । पञ्चतत्वले बनेको हाम्रो शरिर जल, वायु, पृथ्वी, अग्नी, आकाशमा मिल्छ, जुन हाम्रो आत्मा छ त्यो अविनाशी अमर छ । यो हाम्रो आत्मालाई आगोले जलाउन सक्तैन, पानीले गिलो गराउन सक्तैन, हावाले सुकाउन सक्तैन, तलवारले काट्न सक्तैन । मनुष्य चोला अनमोल छ भन्ने कुरा माथी उल्लेखित बाक्यहरुबाट प्रष्ट र छर्लङ्ग हुन्छ ।
जीवन सफलताका तीन तीर ः मस्तिष्कमा – समझदारी, काँधमा – जिम्मेवारी र हृदयमा –ईमान्दारी भएपछि अवश्य जीवन सफल हुने नै छ । त्यसैले यो हाम्रो मानवरुपी अमूल्य जीवनलाई समयपास होईन, समयको सदुपयोग गर्दै आफ्नो उन्नति प्रगति गर्दै, टोल, छिमेकी, जिल्लाको आफ्नो क्षमताले भ्याए सम्म सेवा गरी विकास गरी जनताहरु सबैको मुहार हाँसो, खुसीले झुमेको देख्न पाईयोस । सबैको जय होस् शुभकामना ।
(लेखक : निजामती सेवामा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }